विपद् व्यवस्थापन परिषद्को बैठक सिंहदरबारमा, राहत र अस्थायी आवासबारे निर्णय हुने सम्भावना

Published on

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९औं बैठक चलिरहेको छ।

बैठकमा केही दिनअघि आएको मनसुनजन्य विपद्‌को खोज, उद्धार र राहत व्यवस्थापन सम्बन्धी विषयहरूमा केन्द्रित छलफल भइरहेको परिषद्का प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। बैठकमा आवास विहीन पीडितका लागि अस्थायी आवास निर्माण तथा त्यसका लागि आवश्यक राहतको मात्रा र व्यवस्थाबारे निर्णय हुने सम्भावना रहेको छ।

बैठकमा प्रधानमन्त्री कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल लगायत अन्य मन्त्री तथा उच्च अधिकारीहरूको सहभागिता रहेको छ।

बैठकमा भएका निर्णयहरूबारे पछिल्लो चरणमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी पनि दिइएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...