पाँचथरको मेवामा नवजात शिशुको शव फेला, प्रहरीले अनुसन्धान सुरु गर्‍यो

Published on

काठमाडौं । पाँचथरको तुम्बेवा गाउँपालिका–२, मेवामा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ। गाउँको भिरमा फालिएको अवस्थामा शव भेटिएपछि स्थानीय तह र प्रहरी प्रशासनले घटना बारे अनुसन्धान थालेको छ।

गाउँपालिका अध्यक्ष बाबुराम खड्काका अनुसार, शिशुको अवस्था हेर्दा भर्खरै जन्मिएको जस्तो देखिन्छ र अनकन्टार भिरमा भेटिएको शव कसैले अनधिकृत रूपमा जन्माएर त्यहीँ फालेको हुनसक्ने अनुमान गरिएको छ।

घटनाको जानकारी पाएपछि अध्यक्ष खड्का स्वयं टोलीसहित घटनास्थल पुगेका थिए। त्यसपछि प्रहरीलाई बोलाएर कानुनी प्रकृया अनुसार मुचुल्का तयार पारिएको र शव परीक्षणका लागि प्रक्रिया अघि बढाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको छ। शव कसले, किन, र कुन अवस्थामा फालेको हो भन्नेबारे अनुसन्धानपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...