मधेश प्रदेशमा सरकार गठनको पहल, कांग्रेस–लोसपा संवाद सुरु

Published on

काठमाडौँ, असोज २२ — मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारीस्वरूप दलहरूबीच सत्ता साझेदारीबारे संवाद सुरु भएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच सत्ता समीकरणका विषयमा उच्चस्तरीय छलफल भएको हो।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच मधेश प्रदेश सरकारको नेतृत्वबारे छलफल भएको लोसपा अध्यक्ष ठाकुरले पुष्टि गर्नुभयो।

“सङ्घीय सरकार गठनका बेला मधेश प्रदेशमा लोसपालाई मुख्यमन्त्री दिने सहमति थियो। त्यसै सन्दर्भमा छलफल सुरु भएको हो,” अध्यक्ष ठाकुरले बताउनुभयो, “तर अहिले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन हाम्रो सहयोग मागेको छ। छलफल जारी छ।”

हाल मधेश प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री सतीषकुमार सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ।

प्रदेश सभामा १०७ सदस्य रहेकोमा सरकार बनाउनका लागि कम्तीमा ५४ सांसदको बहुमत आवश्यक छ। अहिले प्रमुख दलहरू आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय रहेका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...