मुख्यमन्त्री पाण्डेद्वारा तनहुँका क्षतिग्रस्त कार्यालयको निरीक्षण

Published on

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका तनहुँका विभिन्न सरकारी कार्यालयहरूको निरीक्षण गर्नुभएको छ ।

आन्दोलनले गर्दा सेवाप्रवाहमा परेको असरका बारेमा जानकारी लिन मुख्यमन्त्री पाण्डे तनहुँ आइपुग्नुभएको हो । उहाँले जिल्लास्तरीय समन्वय बैठकमार्फत् आन्दोलनपश्चात् कार्यालयहरूमा देखिएका चुनौती र पुनःसञ्चालनका तयारीबारे जानकारी लिनुभएको थियो ।

निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला प्रहरी प्रमुख टेकबहादुर कार्की लगायतसँग सेवा प्रवाहको अवस्था, जनताले भोगिरहेका कठिनाइ र आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले आन्दोलनका कारण क्षति पुगेका कार्यालयहरूलाई छिटो मर्मत गरी नियमित सेवा प्रवाहमा ल्याउने प्रतिबद्धता जनाउनुभएको बताइएको छ । निरीक्षणको क्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायत सहभागी हुनुहुथ्यो । गोरखापत्र

spot_img

ताजा समाचार

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...