मुख्यमन्त्री पाण्डेद्वारा तनहुँका क्षतिग्रस्त कार्यालयको निरीक्षण

Published on

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका तनहुँका विभिन्न सरकारी कार्यालयहरूको निरीक्षण गर्नुभएको छ ।

आन्दोलनले गर्दा सेवाप्रवाहमा परेको असरका बारेमा जानकारी लिन मुख्यमन्त्री पाण्डे तनहुँ आइपुग्नुभएको हो । उहाँले जिल्लास्तरीय समन्वय बैठकमार्फत् आन्दोलनपश्चात् कार्यालयहरूमा देखिएका चुनौती र पुनःसञ्चालनका तयारीबारे जानकारी लिनुभएको थियो ।

निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला प्रहरी प्रमुख टेकबहादुर कार्की लगायतसँग सेवा प्रवाहको अवस्था, जनताले भोगिरहेका कठिनाइ र आवश्यक व्यवस्थापनबारे जानकारी लिनुभएको थियो ।

मुख्यमन्त्री पाण्डेले आन्दोलनका कारण क्षति पुगेका कार्यालयहरूलाई छिटो मर्मत गरी नियमित सेवा प्रवाहमा ल्याउने प्रतिबद्धता जनाउनुभएको बताइएको छ । निरीक्षणको क्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायत सहभागी हुनुहुथ्यो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...