तलब नपाएपछि खडक नगरपालिकामा शिक्षकद्वारा तालाबन्दी

Published on

काठमाडौं । चार महिनासम्म तलब नपाएको भन्दै सप्तरीको खडक नगरपालिकाका शिक्षकहरूले बुधबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।

महान चाड दशैंको मुखमा समेत तलब नपाएकोमा आक्रोशित शिक्षकहरूले कल्याणपुरस्थित नगर कार्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका हुन्। शिक्षक कुलानन्द साहका अनुसार तलब वितरणका लागि कार्यपालिकाले निर्णय गरिसकेको भए पनि कार्यान्वयन नहुँदा शिक्षकहरू आन्दोलनमा उत्रन बाध्य भएका हुन्। “भोकै पेट काम गर्न सकिन्न, त्यसैले हामीले तालाबन्दीसहित पठनपाठन ठप्प पार्ने निर्णय गरेका छौं,” उनले बताए।

अर्का शिक्षक शैलेन्द्र कुमार चौधरीले चार महिनासम्मको तलब रोकिएपछि दैनिक जीवन सञ्चालन गर्नसमेत गाह्रो भएको बताउँदै आन्दोलनमा सामेल हुनुपरेको दुःखेसो पोखेका छन्।

तालाबन्दीपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा धर्मराज सिंहसहित १५ जना शिक्षकको हस्ताक्षर रहेको छ।

यता खडक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले नगरप्रमुख जयप्रकाश चौधरीबाट तलब वितरणका लागि आवश्यक अख्तियारी प्राप्त नभएकाले तलब खुवाउन नसकिएको स्पष्ट पारेका छन्।

“नगरसभाबाट निर्णय भइसकेको र कार्यपालिका बैठकबाट पनि असोज २ गते तलब दिने निर्णय भएको थियो, तर नगरप्रमुखले अझै अख्तियारी दिनुभएको छैन,” उनले भने।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...