काठमाडौं । भीरकोट नगरपालिका–१ प्रगतिटोलस्थित एक होटलमा धारिलो हतियारको प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्।
बिहीबार राति भीरकोट भिल्ला होटलमा वालिङ नगरपालिका–१४ का सुवर्ण लुइँटेलमाथि धारिलो हतियारले आक्रमण भएको हो। लुइँटेल गम्भीर घाइते भई हाल पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचाररत छन्।
स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रारम्भिक अनुसन्धानमा भीरकोट–१ का अनिल गुरुङले लुइँटेलमाथि आक्रमण गरेको पुष्टि भएको छ।
आक्रमणपछि फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

