धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते, आक्रमणकारी पक्राउ

Published on

काठमाडौं । भीरकोट नगरपालिका–१ प्रगतिटोलस्थित एक होटलमा धारिलो हतियारको प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्।

बिहीबार राति भीरकोट भिल्ला होटलमा वालिङ नगरपालिका–१४ का सुवर्ण लुइँटेलमाथि धारिलो हतियारले आक्रमण भएको हो। लुइँटेल गम्भीर घाइते भई हाल पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचाररत छन्।

स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रारम्भिक अनुसन्धानमा भीरकोट–१ का अनिल गुरुङले लुइँटेलमाथि आक्रमण गरेको पुष्टि भएको छ।

आक्रमणपछि फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...