सिंगाबाट दैनिक पाँच सय लिटर दुध पोखरा निर्यात

Published on

काठमाडौं । जिल्लाको बेनी नगरपालिका ४ सिंगाका पशुपालक किसानहरुले दैनिक पाँच सय लिटरभन्दा बढी दुध पोखरा निर्यात गर्न थालेका छन् । दुध उत्पादनका हिसाबले पकेट क्षेत्र सिंगाबाट पोखराको सुजल डेरीले दैनिक रुपमा दुध पोखरा लैजान थालेको हो । दुध पोखरा निर्यात हुन थालेपछि किसानहरुमा उत्साह थपिएको छ ।

सिंगामा उत्पादन भएको दुध बेनीमा बिक्री नभएपछि किसानहरुले सहकारीमार्फत पोखरा पठाउन थालेका हुन् । बास्कुना कृषि सहकारीले दुध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।

वडा कार्यालयको पहलमा कृषि सहकारी र सुजल डेरी प्रा।लि।बिचमा दुध उत्पादन तथा खरिद बिक्री सम्झौता गरी जिल्लाबाट पहिलोपटक व्यावसायिक रुपमा दुध पोखरा पठाउन सुरु गरिएको बेनी नगरपालिका ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

स्थानीय बजारमा गाईको दुध खपत नहुने भएपछि सहकारीले कृषकहरुबाट दुध सङ्कलन गर्ने र उद्योगले आफैँ आएर दुध खरिद गरेर लैजाने व्यवस्था मिलाइएको छ ।

बास्कुना कृषि सहकारी सस्थाले सिंगाको पुलचोकमा दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरेको छ । कृषकहरुले हरेक दिन केन्द्र दुध सङ्कलन गर्ने र पाँच सय लिटर बढी दुध सङ्कलन भएपछि उद्योगले आफैँ ढुवानी गरेर दुध लैजाने व्यवस्था मिलाइएको सहकारीका अध्यक्ष गुरुङले बताउनुभयो ।

दुग्ध सङ्कलन केन्द्रमा अहिले २० जना किसानले दैनिक रुपमा दुध बिक्री गर्न ल्याउन सुरु गरेका छन् । सुजल डेरी उद्योगको दुध ढुवानी गर्ने ट्याङ्कर अहिले दुई दिनमा एक पटक सिंगा आएर दुध ढुवानी गरी लैजान थालेको कृषि सहकारीका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

मेसिनबाट दुधको गुणस्तर मापन गर्ने र गुणस्तरका आधारमा मूल्य पाउने गरी स्थानीय स्तरमा उत्पादन भएको दुधलाई पोखरा निर्यात गर्ने प्रबन्ध मिलाइएको वडाध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार, कृषकहरुलाई १५र१५ दिनमा दुधको रकम भक्तानी हुने सम्झौता गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...