पालिकामै आयुर्वेदिक औषधी उत्पादन

Published on

काठमाडौं । अर्जुनचौपारी गाउँपालिकाले पालिकाभित्रै आयुर्वेदिक औषधी उत्पादन गर्न थालेको छ । गाउँपालिकाको आयुर्वेद शाखा मार्फत दुई वटा मेसिनको प्रयोग गरेर आयुर्वेदिक औषधी उत्पादन थालेको हो ।

स्थानीय स्तरमा पाइने हर्रो, बर्रो, अमला, बेसार, लसुन, टिमुर, काफल, चुत्रो, निम, असुरो, हडचुर, तितेपाति, धयरी जडिबुटीहरूको खोज र खरिद गरेर औषधी उत्पादन गरिएको हो ।

पालिकाको आयुर्वेद शाखाले पहिलो चरणमा आमलकि चुर्ण, हरितकि चुर्ण, अस्वगन्धा चुर्ण, अर्जुन बीज चुर्ण लगायतका एकल औषधीहरू उत्पादन गर्न थालेको हो । आयुर्वेद शाखा प्रमुख थापाले पालिकाले यहाँ त्रिफला चुर्ण, सितोपलादि चुर्ण, त्रिकटु चुर्ण जस्ता औषधिहरू समेत पालिकाले उत्पादन गरेको बाताउनुभयो ।

जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्नेहन, स्वेदन र पञ्चकर्मको लागि वातसामक तेल उत्पादन पालिकामै गरिएको छ । आयुर्वेद पालिकाको मौलिक पहिचान भएको बताउँदै पालिका अध्यक्ष प्रकाश तिवारीले गाउँकै स्रोतसाधन प्रयोग गरी औषधि उत्पादन गर्न थालिएको बताउनुभयो ।

स्वास्थ्य सेवा सुदृढ गर्नुका साथै गाउँपालिकालाई आत्मनिर्भर बताउने बताउदै तिवारीले पालिका भित्र जडिबुटीहरू अपुग भए बाहिरबाट खरिद गरेर चुर्णहरु उत्पादन गर्ने बताउनुभयो ।

औषधीलाई गाउँका टोल–टोलमा गएर स्थानीय जनताको आवश्यकता अनुसार वितरण गर्ने योजना समेत पालिकाको रहेको छ । गाउँपालिकाले हप्तैपिच्छे प्रत्येक टोल र विद्यालयमा योग, ध्यान तथा पोषणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ भने स्तनपायी आमालाई सतवारी चुर्ण सहित दुग्ध बर्दक औषधी समेत शाखाले वितरण गर्दै आएको छ ।

आफ्नै गाउँमा औषधी उत्पादन सुरु हुनु राम्रो एवं ऐतिहासिक कदम भएको बताउदै प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले स्थानीय जडिबुटीको मूल्य बढाउने मात्र होइन, गाउँकै स्वास्थ्य सेवामा सहजता ल्याउने बताउनुभयो । गाउँपालिकाले आयुर्वेदिक औषधी उत्पादन थालेसँगै स्वदेशी ज्ञान, आत्मनिर्भरता र जनस्वास्थ्य सुदृढीकरणको दिशामा ऐतिहासिक कदम चालेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...