सिन्धुलीको च्याउटारबेसीमा पहिरोको जोखिम: १५ घरधुरी उच्च संकटमा

Published on

काठमाडौ‌ — सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–१ स्थित च्याउटारबेसीमा पहिरोका कारण १५ घरपरिवार उच्च जोखिममा परेका छन्।

असोज १७ र १८ गतेको अविरल वर्षापछि माथिबाट खसेको पहिरोले बस्तीमा क्षति पुर्‍याएको हो। असोज १८ गते बिहान गएको पहिरोले निरबहादुर पाण्डेको गोठ र शौचालय भत्किएर क्षति भएको गाउँपालिकाले जनाएको छ।

साथै कुन्जरमणि बराल, ज्वालाप्रसाद न्यौपाने, ठाकुरप्रसाद न्यौपाने, सुरेस न्यौपाने, सुरेन्द्र न्यौपाने र शान्तिप्रसाद न्यौपाने लगायतका घरपरिवार पहिरोको प्रत्यक्ष जोखिममा परेका छन्।

पीडित तथा गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेका अनुसार पहिरोमाथिबाट खसेको ठूलो ढुंगा र भूस्खलनले पूरा बस्ती नै संकटमा परेको छ। “राति सुरक्षित ठाउँ खोज्दै सर्नुपर्छ, तर दिउँसो भने आफ्नै घर फर्केर बस्नुपरेको अवस्था छ,” उहाँले भन्नुभयो।

गाउँपालिकाले पहिरो रोकथाम र ढुंगा व्यवस्थापनका लागि आवश्यक पहल गरिरहेको बताउँदै उपाध्यक्ष न्यौपानेले जिल्ला विपद् व्यवस्थापन समितिलाई पनि औपचारिक जानकारी दिइसकेको जानकारी दिनुभयो।

यसैबीच, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पहिरो पीडित बस्तीको सुरक्षाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट नेपाली सेनालाई अनुरोध गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो।

उहाँले थप भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँग पनि ठूलो चट्टान हटाउने र बस्ती जोगाउने विषयमा समन्वय भइरहेको छ।”

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...