कास्की कारागारबाट भागेका २८७ कैदी अझै फरार

Published on

काठमाडौं — कास्की कारागारबाट भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भागेका कैदीमध्ये २ सय ८७ जना अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ।

कारागारका प्रमुख राजेन्द्र शर्माका अनुसार उक्त दिन ७७३ जना कैदीबन्दी कारागारबाट भागेका थिए। तीमध्ये केही आफैँ फर्किएका छन् भने केहीलाई प्रहरीले अन्य जिल्लाबाट पक्राउ गरेको छ। तर २८७ जना अझै पनि सम्पर्कविहीन छन्।

कारागार प्रशासनले भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म स्वेच्छाले फर्कन समय दिएको थियो। तर तोकिएको समयसम्म नफर्केकाहरूको खोजी कार्य तीव्र पारिएको छ।

प्रशासनले प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। साथै, फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने जो-कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ।

कारागार प्रमुख शर्माका अनुसार, हालसम्म केही कैदी आफैँ आत्मसमर्पण गरेर फर्किएका छन् भने प्रहरीले भाग्दाको क्रममा केहीलाई पक्राउ समेत गरेको छ।

spot_img

ताजा समाचार

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह...

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...