छायानाथ रारा नगरपालिका र ललितपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना, धार्मिक पर्यटन प्रवर्धनमा जोड

Published on

काठमाडौं, दुर्गम हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका र काठमाडौं उपत्यकाको ललितपुर महानगरपालिकाबीच आपसी सहकार्य, धार्मिक पर्यटन प्रवर्धन, स्थानीय उत्पादनको विकास र सांस्कृतिक सम्बन्ध सुदृढीकरणका लागि भगिनी सम्बन्ध स्थापना गरिएको छ।

छायानाथ रारा नगरपालिकाको कार्यालयमा बिहीवार आयोजित कार्यक्रममा नगरप्रमुख विष्णुकुमार भाम र ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनबीच औपचारिक रूपमा भगिनी सम्बन्धको सम्झौता भएको हो।

नगरप्रमुख भामले मुगुको धार्मिक र प्राकृतिक पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै रारा ताल र छायानाथ धामलाई केन्द्रविन्दु बनाएर धार्मिक पर्यटन विस्तारमा ललितपुरसँगको सहकार्यले ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले काठमाडौँ हुँदै रारा र छायानाथ धामसम्मको सडक, पदमार्ग र पूर्वाधार विकासका लागि योजना अघि बढाइने बताउनुभयो।

ललितपुर महानगरको आर्थिक सहयोगमा आगामी मङ्सिर महिनादेखि रारा ताल र सदरमुकाम गमगढीसम्मका क्षेत्रहरूमा २०० वटा सोलार लाइट जडान गरिने जानकारी नगरप्रमुख भामले दिनुभयो।

महानगर प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बन्धले प्रशासनिक मात्र नभई जनस्तरको सांस्कृतिक सम्बन्धलाई समेत सुदृढ बनाउने उल्लेख गर्दै मुगु जस्तो दुर्गम क्षेत्रसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो। पर्यटन, सेवा प्रवाह र विकास अनुभव आदानप्रदानमा सहकार्य गरिने उहाँको भनाइ छ।

दुवै पालिकाबीच धार्मिक सम्पदाको संरक्षण, पर्यटन पूर्वाधार निर्माण, स्थानीय उत्पादनको प्रवर्धन र बजार व्यवस्थापनमा संयुक्त कार्य योजना अगाडि बढाउने सहमति भएको छ। साथै, छायानाथ धामसम्मको पदमार्गलाई आधार बनाएर धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गरिनेछ।

धार्मिक पर्यटन प्रवर्धनसम्बन्धी नीति, योजना र कार्यान्वयनका विषयमा थप छलफल गरिने पनि सहमतिमा उल्लेख छ।

यसैबीच, ललितपुर महानगरको टोली अहिले मुगु जिल्लाको धार्मिक र पर्यटन सम्भावनाको स्थलगत अध्ययन भ्रमणमा रहेको छ। ललितपुर टोलीको भ्रमणले स्थानीय उत्पादन र धार्मिक पर्यटकीय गन्तव्यको प्रवर्धनमा सहयोग पुग्ने विश्वास नागरिक अभियन्ता रुपबहादुर मल्लले व्यक्त गर्नुभएको छ।

spot_img

ताजा समाचार

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...