नेपाली बजारमा सुनको मूल्यमा सात हजार रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो

Published on

काठमाडौं, नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७,१०० रुपैयाँले बढेर दुई लाख ५८ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी, १० ग्राम सुनको मूल्य दुई लाख २१ हजार १९५ रुपैयाँ तोकिएको छ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला ७५ रुपैयाँले बढेर तीन हजार ३५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा बिक्री भएको थियो।

महासङ्घका अनुसार विगत एक महिनामा नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। भदौ ३० गते सुन प्रतितोला दुई लाख १५ हजार रुपैयाँ थियो भने हालसम्म आइपुग्दा ४३ हजार रुपैयाँको वृद्धि भइसकेको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको उतारचढाव, मध्यपूर्वमा जारी तनाव, तथा आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरू सुनमा आकर्षित भइरहेका छन्, जसको असर नेपाली बजारमा प्रत्यक्ष देखिएको हो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...