नेपाली बजारमा सुनको मूल्यमा सात हजार रुपैयाँको वृद्धि, चाँदी पनि महँगियो

Published on

काठमाडौं, नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ७,१०० रुपैयाँले बढेर दुई लाख ५८ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी, १० ग्राम सुनको मूल्य दुई लाख २१ हजार १९५ रुपैयाँ तोकिएको छ।

यसअघि बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ९०० रुपैयाँ थियो।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला ७५ रुपैयाँले बढेर तीन हजार ३५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा बिक्री भएको थियो।

महासङ्घका अनुसार विगत एक महिनामा नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। भदौ ३० गते सुन प्रतितोला दुई लाख १५ हजार रुपैयाँ थियो भने हालसम्म आइपुग्दा ४३ हजार रुपैयाँको वृद्धि भइसकेको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको उतारचढाव, मध्यपूर्वमा जारी तनाव, तथा आर्थिक अनिश्चितताका कारण लगानीकर्ताहरू सुनमा आकर्षित भइरहेका छन्, जसको असर नेपाली बजारमा प्रत्यक्ष देखिएको हो।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...