महोत्तरीका ३०८ बाढी पीडित परिवारलाई राहत वितरण

Published on

काठमाडौं, महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकाका बाढी पीडितहरूलाई राहत वितरण गरिएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा तथा एकीकृत ग्रामीण विकास समाज बर्दिबास र दलित उत्थान समाज महोत्तरीको समन्वयमा वितरण गरिएको राहत सामग्री ३०८ परिवारलाई प्रदान गरिएको हो।

राहत वितरण कार्यक्रममा एकडारा गाउँपालिकाका २५५ घरधुरीसम्सी गाउँपालिकाका ५३ घरधुरी समेटिएका छन्। एकीकृत ग्रामीण विकास समाज बर्दिबासका फिल्ड अफिसर राजीव कुमार झाका अनुसार वडाबाट सिफारिस प्राप्त बाढी पीडितहरूको संस्था तथा कर्मचारीले स्थलमा जाँचपडताल गरी वास्तविक पीडितहरूलाई मात्र राहत वितरण गरिएको हो।

प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, २ लिटर खानेतेल, १ प्याकेट नुन, २/२ थान त्रिपाल, म्याट्रेस, कम्बल, डोरी र १ थान सोलार लाइट वितरण गरिएको हो। राहत वितरण कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डलको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वर्ल्ड भिजन नेपालबाट दिलीप कुमार यादव, योभेन्द्र चौधरी, विनोद थापा मगर, तारा दाहाल, एकीकृत ग्रामीण विकास समाजबाट उमेश न्यौपाने, कुमार भण्डारी, ऋषि चौलागाईं, दिपेश श्रेष्ठ, राजीवकुमार झा, र दलित उत्थान समाज महोत्तरीबाट उत्तिमचन्द्र चौधरी, देवी निरौला र सौरभ सुमनको उपस्थिति थियो।

राहत वितरणपछि अध्यक्ष मण्डलले बाढी र डुबानले प्रभावित स्थानीयवासीलाई तत्काल सहयोग उपलब्ध गराउनु आवश्यक रहेको भन्दै संलग्न संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा गाउँपालिकाबाट थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

स्थानिय पीडित शिवजी मण्डल (वडा ३, अजमरपट्टी) ले तिहारको मुखमा राहत पाएर खुशी लागेको प्रतिक्रिया दिनुभयो। उहाँले बाढी गएको १० दिन भइसक्दा पनि कसैले नहेरेको अवस्थामा संस्थाहरूले आएकोमा आभार प्रकट गर्नुभयो।

गत असोज १८ देखि २० गतेसम्मको अविरल वर्षाका कारण महोत्तरी जिल्लाको विभिन्न स्थानहरूमा बाढी र डुबानको समस्या उत्पन्न भएको थियो। सदरमुकाम जलेश्वरमा बाढी पसेपछि एक सातासम्म पानी जमेर विद्यालयहरू बन्द गरिनुका साथै नगरपालिका कार्यालयले विदा दिनुपर्ने अवस्था आएको थियो।

जिल्लाका रातो, भव्सी, जङ्गहा, माढा, अंकुसी, बिगहीलगायत नदीहरूमा पानीको सतह अत्यधिक बढेपछि बाढी र डुबानको जोखिम थपिएको थियो।

यसअघि पनि सेभ द चिल्ड्रेनले जलेश्वर नगरपालिका–१ र ८ का ११२ परिवारलाई राहत वितरण गरिसकेको छ। जिल्लाभर बाढीका कारण २२८ परिवारका ८२६ जना विस्थापित भएका थिए भने जलेश्वर–६ का ११ वर्षीय एक बालकको बाढीमा डुबेर मृत्यु भएको थियो।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...