खसभाषाको शब्दकोष ‘खसिया आखर’ लोकार्पण

Published on

काठमाडौं । खस भाषामा लेखिएको ४० हजार शब्दको खसभाषाको शब्दकोष खसिया आखर लोकार्पण गरिएको छ ।

खसिया आखारका प्रधान सम्पादक ७८ वर्षीया रामानन्द आचार्यद्वारा लिखित उक्त पुस्तकको लोकार्पण गरिएको आचार्यले जानकारी दिनुभयो । दुई दशक लामो प्रतिक्षाको रुपमा रहेको उक्त खसभाषाको शब्दकोष खसिया आखार उक्त पुस्तकको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा कर्णाली सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल कृष्ण श्रेष्ठ सहित भाषा विज्ञद्वारा पुस्तक लोकार्पण गरिएको छ । यो पुस्तक खसभाषाको महत्वपूर्ण दस्ताबेज हो ।

लोकार्पण कार्यक्रममा कर्णालीको संस्कृति तथा भाषासम्बन्धी जानकार लेखक रमानन्द आचार्यद्वारा लिखित खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहयोगमा प्रकाशन गरिएको छ ।

खस भाषाको शब्दकोष ‘खसिया आखर’ सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद काठमाडौंको सहकार्यमा काठमाडौं कमलादीमा लोकार्पण गरिएको हो । पुस्तक लोकार्पण कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त शब्दकोषको लोकार्पण गर्दै कर्णालीमा राजतिकि साम्राज्य कमजोर भएपनि खस भाषा सकिएको छैन भन्ने उदाहरण यस पुस्तकले दिएको छ । उहाँले जिवित ईतिहास प्राप्त भएको बताउदै लेखक र सम्पादन मण्डललाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले खस भाषा मातृभाषाको रुपमा रहेकाले भाषाको जगेर्ना र पुस्तान्तरण टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो । मन्त्री भण्डारीले, ‘खसिया आखर’ कर्णालीको भाषा, संस्कृतिको पुस्तान्तरण गर्न मार्गदर्शन बन्नेछ । अब मन्त्रालयले योगी नरहरिनाथका कृतिहरु सहित कर्णालीको भूगोल र संस्कृतिसँग जोडिएका पुस्तकहरुको संकलन तथा अभिलेख गर्नेलगायतका कार्यहरुमा मन्त्रालयले आफ्नो भूमिका खेल्ने प्रतिवद्धता गर्दछु ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति बिमल कृष्ण श्रेष्ठले वि।सं २०३७ सालमा कर्णाली जादा खस भाषा थाहा पाएको र तर लिखित दस्ताबेज अहिले पाएकोमा लेखकलाई धन्यवाद ज्ञापन गर्नुभयो । सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले खस भाषाको दस्ताबेज नहुँदा विद्यालयको पाठ्यक्रम समेत बन्न कठिन भएको थियो, अव खसिया आखरले सहयोग पुग्ने बताउँदै यो महत्वपूण काम भएकोमा जोड दिनुभयो ।

शब्दकोषका ७८ वर्षीया लेखक रमानन्द आचार्यले १७ वर्षको मेहेनत पछि यो पुस्तक लेख्न र प्रकाशन गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै सहयोगी तथा शुभेच्छुक सवै महानुभावलाई धन्यबाद ज्ञापन गर्नुभयो । प्रा।डा। माधव प्रसाद पोख्रेलले खसभाषा योगीनरहरीथा, बालकृष्ण पोखरेललाई पनि विर्सन नहुने बताउँदै खस भाषाका केही शब्द संस्कृतका केही शब्दहरु भन्दा पनि जेठा भएकाले खसभाषानै पुरानो हुन सक्ने बताउनुभयो ।

पुस्तक लेखन सुरुवात गर्न सहयोग गर्ने तत्कालिन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी तिलक पौड्यालले तत्कालन समयमा काम गर्ने क्रममा खस भाषा मर्ने देखिएपछि लिखित दस्ताबेजका लागि काम शुरु भएको बताउनुभयो । पुस्तकका प्रधानसम्पादक तथा लेखक रमानन्द आचार्यलाई पुस्तक ऐतिहासिक दस्ताबेज भएको भन्दै जुम्लाबासीको तर्फबाट खस सभ्यताको मानको रुपमा मानिने पगरी ओढाएरु जुम्ला निवासी साहित्यकार रणबहादुर बुढाले सम्मान गर्नुभएको थियो ।

१३४० पृष्ठको खसभाषको शब्दकोषको लोकार्पण कार्यक्रममा मध्यपश्चिम खस साहित्य समाजका अध्यक्ष समिर शाहले स्वागत गर्नुभएको थियो भने उक्त कार्यक्रममा सहजीकरण लेखक तथा अधिकारकर्मी माधव चौलागाईले गर्नुभएको थियो ।

अध्यक्ष सदस्य सचिव डाक्टर धनप्रसाद सुवेदी स् बझाडबाट आएको भएपनी खसभाषा मान्छौ र मष्टोपरम्परा पनि मान्ने गरेकोमा यो पुस्तकको महत्व निकै भएको धारणा राख्नुभयो । प्रधान सम्पादक आचार्य रहेको उक्त पुस्तकको सम्पदन मण्डलमा सिंजाका तुंगनाथ उपाध्याय, तातोपानीका प्रकाश खत्री, चन्दननाथका दयादत्त हमाल, तातोपानी लाम्रा निवासी हरिवावु चौलागाई रहनु भएको छ ।

भाषाशास्त्री विद्वान प्राध्यापक डा।माधवप्रसाद शास्त्रीले शब्द प्रकाशन कार्यालयले कर्णालीको भूगोल, शिर उच्च राख्ने कार्य भएको बताउनुभयो “कर्णालीको एक छाती चौडा भएको छ । उहाँका अनुसार भूगोलको एक चुचुरो थपिएको छ“ उहाँले भन्नुभयो, “शब्दकोश लेख्ने कार्य सजिलो छैन । यो जटिल कार्यका लागि साहस गर्नुभएकोमा गौरवान्वित भएका छौं ।”चन्दननाथ नगरपालिका १ जुम्ला आचार्यवाडा निवासी लेखक आचार्यले वि।सं २०६५ देखीको लामो संघर्षपूर्ण यात्रबाट ‘खसिया आखर’ शब्दकोष निर्माण भएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...