काठमाडौं, सर्लाही जिल्लाको धनकौल गाउँपालिका–३ मा मनुष्मारा खोलाले एक बालिकालाई बगाएर बेपत्ता बनाएको छ। बेपत्ता बालिका सोनीकुमारी साह बिहीबार दिउँसोदेखि नै खोलामा गएर लुगा धुन र नुहाउनको क्रममा बगेर बेपत्ता भएकी हुन्।
इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईका अनुसार, घटना भएको बिहीबारदेखि नै खोजी अभियान चलिरहेको छ। बालिकाको खोजीका लागि महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरीको पृतनाबाट तालिम प्राप्त गोताखोरलाई पनि सहयोगका लागि लगिएको छ।
प्रहरी र स्थानीयबासीले बालिकाको खोजी निरन्तर जारी राखेको भए पनि हालसम्म उनको कुनै खबर नआएको डिएसपी भट्टराईले जानकारी दिनुभयो।

