तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्दो, स्थानीय किसानलाई बिक्रीको चटारो

Published on

काठमाडौं, तिहार नजिकिँदै गर्दा सयपत्री र मखमली फूलको माग तीव्र रूपमा बढेको छ। व्यावसायिक उत्पादन अपेक्षाकृत कम भएकाले किसानहरूलाई अहिले फूल बेच्न भ्याइनभ्याई छ।

पूर्वी मकवानपुरको बकैयाका किसान नारायण घिमिरे पछिल्लो समय व्यस्त छन्। हेटौँडा उपमहानगरपालिका, बकैया, बागमती, ललितपुर लगायतका ठाउँबाट फूलको माग आएपछि उहाँ दिनहुँ फूल बिक्रीमा लागिरहनुभएको छ।

घिमिरेले करिब तीन कठ्ठा जमिनमा ‘टेनिस बल प्रजातिको सयपत्री’ फूल खेती गर्नुभएको छ। चितवनबाट २,५०० बिरुवा ल्याएर खेती सुरु गर्नुभएका उहाँले फूल प्रति माला रु. १०० देखि १२०प्रति केजी रु. ५०० मा बिक्री गर्दै आउनुभएको छ।

उहाँका अनुसार, “बजारमा अहिले माग उच्च छ, ग्राहकहरू बारीमै फूल लिन आइपुग्छन्।” तिहारका लागि मात्र नभई अन्य सामाजिक कार्यक्रमहरूका लागि समेत फूलको माग भइरहेको छ। हालसम्म उहाँले दश हजार रुपैयाँभन्दा बढीको फूल बिक्री गरिसक्नुभएको छ भने तिहारसम्म डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ।

अहिले धेरै स्थानीय तहहरूले प्लास्टिकका फूल र बाहिरबाट आयात गरिने फूलमा प्रतिबन्ध लगाएकाले स्थानीय उत्पादनले सहजै बजार पाएको हो। मकवानपुरका हेटौँडा, मनहरी, बकैया लगायतका क्षेत्रमा हाल व्यावसायिक फूल खेती फस्टाउँदै गएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...