तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्दो, स्थानीय किसानलाई बिक्रीको चटारो

Published on

काठमाडौं, तिहार नजिकिँदै गर्दा सयपत्री र मखमली फूलको माग तीव्र रूपमा बढेको छ। व्यावसायिक उत्पादन अपेक्षाकृत कम भएकाले किसानहरूलाई अहिले फूल बेच्न भ्याइनभ्याई छ।

पूर्वी मकवानपुरको बकैयाका किसान नारायण घिमिरे पछिल्लो समय व्यस्त छन्। हेटौँडा उपमहानगरपालिका, बकैया, बागमती, ललितपुर लगायतका ठाउँबाट फूलको माग आएपछि उहाँ दिनहुँ फूल बिक्रीमा लागिरहनुभएको छ।

घिमिरेले करिब तीन कठ्ठा जमिनमा ‘टेनिस बल प्रजातिको सयपत्री’ फूल खेती गर्नुभएको छ। चितवनबाट २,५०० बिरुवा ल्याएर खेती सुरु गर्नुभएका उहाँले फूल प्रति माला रु. १०० देखि १२०प्रति केजी रु. ५०० मा बिक्री गर्दै आउनुभएको छ।

उहाँका अनुसार, “बजारमा अहिले माग उच्च छ, ग्राहकहरू बारीमै फूल लिन आइपुग्छन्।” तिहारका लागि मात्र नभई अन्य सामाजिक कार्यक्रमहरूका लागि समेत फूलको माग भइरहेको छ। हालसम्म उहाँले दश हजार रुपैयाँभन्दा बढीको फूल बिक्री गरिसक्नुभएको छ भने तिहारसम्म डेढ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ।

अहिले धेरै स्थानीय तहहरूले प्लास्टिकका फूल र बाहिरबाट आयात गरिने फूलमा प्रतिबन्ध लगाएकाले स्थानीय उत्पादनले सहजै बजार पाएको हो। मकवानपुरका हेटौँडा, मनहरी, बकैया लगायतका क्षेत्रमा हाल व्यावसायिक फूल खेती फस्टाउँदै गएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...