चितवन गाईघाटमा सात सवारी ठोक्किँदा १९ जना घाइते, संख्या बढ्ने अनुमान

Published on

काठमाडौं, कात्तिक १ – चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत गाईघाटमा शनिबार बिहानै भएकाे सवारी दुर्घटनामा सात वटा सवारी साधन एकआपसमा ठोक्किँदा हालसम्म १९ जना यात्रु घाइते भएका छन्। घाइतेको उद्धार कार्य जारी रहेकाले घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत गाईघाटमा बिहान ७ः१५ बजेको समयमा बा ४ ख ७४२० नम्बरको यात्रुबाहक बस र ना ८ ख ६६२९ नम्बरको ट्रक एकआपसमा ठोक्किएपछि पछि रहेका अन्य पाँच सवारी साधन पनि एकपछि अर्को गर्दै ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालका अनुसार, दुर्घटनामा संलग्न अन्य सवारी साधनहरूको विवरण संकलन भइरहेको छ भने घटनाबारे थप जानकारी आउन बाँकी छ।

घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा उपचारका लागि लगिने क्रम जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा उद्धार तथा ट्राफिक व्यवस्थापनका कार्यहरू चलिरहेका छन्।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...