मैवाखोला पहिरो पीडितको स्थायी पुनर्बासको प्रक्रिया अगाडि बढ्यो

Published on

काठमाडौं । मैवाखोला गाउँपालिकाका पहिरो पीडितहरूको स्थायी पुनर्बासका लागि औपचारिक प्रक्रिया सुरु भएको छ। शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पुनःस्थापनाको प्रक्रिया स्वीकृत गरेसँगै यो बाटो खुलेको हो।

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार अब चाँडै जग्गा खरिद, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने कार्यसँगै आवास निर्माण प्रक्रिया अगाडि बढाइनेछ। उहाँले पुनर्बासको प्रक्रिया सुरु हुनु सकारात्मक भए पनि यसलाई सफलतापूर्वक कार्यान्वयन गर्न केही समय लाग्ने भएकाले स्थानीयवासीलाई धैर्य गर्न अनुरोध गर्नुभयो।

पीडितहरूको स्थायी पुनःस्थापना प्रक्रिया अघि बढाउन भूगर्भविद्सहितको विज्ञ टोलीबाट स्थलगत अध्ययनसमेत गरिसकिएको र सो अध्ययनको आधारमा निर्णय लिइएको हो।

बैठकले मैवाखोला–३ र ४ का ओदक, एकबाँसे र ताम्राङ बस्तीका ६५ विस्थापित परिवारलाई सोही गाउँपालिका–३ को साँघु क्षेत्रमा पुनःस्थापित गर्ने निर्णय गरेको छ।

वि.सं. २०८० साल असार ३ गते राति आएको भीषण वर्षासँगैको पहिरोले ती ६५ परिवार विस्थापित भएका थिए। हाल ती परिवारलाई साँघुस्थित निर्माणाधीन मदन भण्डारी रङ्गशालामा अस्थायी आवासमा राखिएको छ।

अध्यक्ष वनेमका अनुसार यो पुनर्बास परियोजना मेवाखोलाको नमुना परियोजनाका रूपमा अघि बढाइनेछ।

spot_img

ताजा समाचार

बुद्धको मावली प्राचीन कोलनगर (पण्डितपुर) मा पुनः उत्खनन्

काठमाडौं । विगत तीन दशकदेखि निरन्तर पुरातात्विक खोज हुँदै आएको सम्भावित प्राचीन कोलिय गणराज्यको...

ऋण लिएर बनाएको संरचना अलपत्र

काठमाडौं । ऋण लिएर बनाएको ऐतिहासिक संरचना सात वर्षदेखि अलपत्र बनेको छ । तानसेन नगरपालिकाले...

लुम्बिनी संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिताको आवश्यकता : विज्ञहरूको जोड

काठमाडौं । विश्वसम्पदा स्थल लुम्बिनीको संरक्षणमा स्थानिय बासिन्दाको सक्रिय सहभागिता अनिवार्य रहेको पुरातत्वविद् तथा...

अशक्त युवा सन्तोषले पाए घरमै नागरिकता

काठमाडौं । गोरखा नगरपालिका – ३ घलाङका २८ वर्षीय सन्तोष श्रेष्ठले अन्तत घरमै नागरिकता...