अपहरण तथा फिरौती प्रकरणमा संलग्न दुई भारतीय नागरिक काठमाडौंमा पक्राउ

Published on

काठमाडौं, कात्तिक १अपहरण तथा शरीर बन्धक बनाएर फिरौती माग्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमा भारत, पञ्जाबका २४ वर्षीय परमप्रीत सिंह२८ वर्षीय लवप्रीत सिंह छन्। उनीहरूले भारत, हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई झुक्याएर अष्ट्रेलिया लैजाने बहानामा नेपाल ल्याई बन्धक बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पीडितलाई काठमाडौंको सुन्धारास्थित होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाइएको थियो। त्यहाँबाट रु २० लाख फिरौती मागिएको सूचनाका आधारमा शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल फोन बरामद गरिएको प्रहरीको भनाइ छ। जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी हाल घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी प्रवक्ता भट्टराईले दिनुभयो।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...