अपहरण तथा फिरौती प्रकरणमा संलग्न दुई भारतीय नागरिक काठमाडौंमा पक्राउ

Published on

काठमाडौं, कात्तिक १अपहरण तथा शरीर बन्धक बनाएर फिरौती माग्ने कार्यमा संलग्न दुई जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमा भारत, पञ्जाबका २४ वर्षीय परमप्रीत सिंह२८ वर्षीय लवप्रीत सिंह छन्। उनीहरूले भारत, हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई झुक्याएर अष्ट्रेलिया लैजाने बहानामा नेपाल ल्याई बन्धक बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पीडितलाई काठमाडौंको सुन्धारास्थित होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाइएको थियो। त्यहाँबाट रु २० लाख फिरौती मागिएको सूचनाका आधारमा शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीका चार थान मोबाइल फोन बरामद गरिएको प्रहरीको भनाइ छ। जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी हाल घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी प्रवक्ता भट्टराईले दिनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...