कपिलवस्तुमा चाडपर्व लक्षित बजार अनुगमन तीव्र, म्याद गुज्रेका तथा अखाद्य वस्तु नष्ट

Published on

काठमाडौं कात्तिक १ — चाडपर्व नजिकिँदै गर्दा कपिलवस्तु जिल्लामा उपभोक्ताको सुरक्षा र गुणस्तरीय वस्तु आपूर्तिका लागि बजार अनुगमन तीव्र पारिएको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको नेतृत्वमा, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बुटवल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तु र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीले चन्द्रौटा, बहादुरगञ्ज र इमिलिया लगायतका क्षेत्रमा अनुगमन गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेका अनुसार, एक दर्जनभन्दा बढी होटल, रेस्टुरेन्ट र मिठाई पसलमा निरीक्षण गरिएको छ। अनुगमनको क्रममा लेबल नलगाइएको, म्याद गुज्रेको र अखाद्य वस्तु भेटिएपछि ती सामग्री जफत गरी नष्ट गरिएको छ।

ठूलो लापरबाही देखिएमा उपभोक्ता संरक्षण ऐन तथा कालोबजारी सम्बन्धी कानुन अनुसार कारबाही गरिने उहाँले चेतावनी दिनुभयो।

सरसफाइ र मापदण्डमा कमी

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख राजेन्द्र सिंहका अनुसार, बजारमा अधिकांश होटल तथा मिठाई पसलमा सरसफाइको अवस्था कमजोर रहेको पाइएको छ। उनले अखाद्य तेल र बिना लेबलका वस्तुसमेत बरामद गरिएको जानकारी दिनुभयो।

उद्योग कार्यालयका अधिकृत सन्तोष खनालले दर्ता विना सञ्चालन भएका व्यवसायलाई दर्ता गर्न र मूल्य सूची राख्न निर्देशन दिइएको जानकारी दिनुभयो।

स्थानीय प्रशासनको कडाइ

स्थानीय प्रशासनले बिना अनुमति सञ्चालन भइरहेका व्यवसाय, सडेगलेका र म्याद गुज्रेका सामान बेच्नेहरूविरुद्ध कडाइ गर्न थालेको जनाएको छ।

अनुगमन टोलीमा निर्देशनालयका वरिष्ठ शाखा अधिकृत अष्टराज गौतम, खाद्य प्रविधि डिभिजनका सरोज खनाल, जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्मा, घरेलु उद्योगका प्रतिनिधि श्रवणकुमार शैनी लगायतको उपस्थिति रहेको थियो।

प्रशासनले चाडपर्वमा उपभोक्ता ठगिन नपरोस् भन्ने उद्देश्यले जिल्लाका प्रमुख बजार क्षेत्रमा अनपेक्षित (छड्के) अनुगमन जारी राख्ने जनाएको छ।

spot_img

ताजा समाचार

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह...

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...