ओलीको चेतावनी : “भत्काउने होइन, बनाउने परिवर्तन चाहिएको हो”

Published on

काठमाडौं, कात्तिक १ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आवश्यक पर्ने परिवर्तन सकारात्मक र निर्माणमुखी हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले भौतिक संरचना भत्काउने, आगजनी र तोडफोड जस्ता विध्वंसात्मक गतिविधिबाट देशको विकास सम्भव छैन भन्दै कडा आलोचना गर्नुभयो।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, “अर्काको घर जलाउने, सरकारी संरचना ध्वस्त पार्ने, सामाजिक सञ्जालमा नकारात्मक भास्य फैलाउनेहरू परिवर्तनका नाममा मुलुकलाई अस्थिरतातर्फ धकेलिरहेका छन्।”

उहाँले हालको अन्तरिम सरकार निर्वाचन केन्द्रित नभएको भन्दै विकास र स्थायित्वका लागि प्रभावकारी नेतृत्व एमालेले मात्रै दिनसक्ने दाबी गर्नुभयो।


संविधान र कानूनको सम्मान जरुरी

अध्यक्ष ओलीले संविधानमा व्यवस्था गरिएको लोकतान्त्रिक प्रणाली सबैले अंगीकार गर्नुपर्ने धारणा राख्नुभयो। शान्तिपूर्ण र निष्पक्ष निर्वाचनबाट एमाले कहिल्यै पछि नहट्ने बताउँदै उहाँले अस्वस्थ, अराजक र गैरकानुनी गतिविधिका आधारमा चुनाव गरिए त्यसले लोकतन्त्रको अपमान हुने बताउनुभयो।


जेनजी आन्दोलनबारे अध्यक्ष ओलीको धारणा

अध्यक्ष ओलीले हालैको जेनजी आन्दोलनका सन्दर्भमा सरकारको तर्फबाट गोली चलाउने निर्देशन नभएको पुनः स्पष्ट पार्नुभयो। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै, “जेनजी आवरणमा आपराधिक गिरोहले तोडफोड, आगजनी र हिंसा मच्चाएको हो,” उहाँले भन्नुभयो।

उहाँले थप्नुभयो, “व्यक्तिको घर जलाउने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्य जेनजीले गरेको होइन। ती गतिविधिमा संलग्नहरूलाई कानुनी रूपमा छानबिन गरेर कारबाही गर्नुपर्छ।”


निष्पक्षता र जवाफदेहिताको माग

ओलीले सरकारलाई व्यक्तिगत रिसइबीका आधारमा कारबाही नगर्न चेतावनी दिँदै भन्नुभयो, “कसैलाई पक्राउ गर्नुपूर्व ठोस प्रमाण चाहिन्छ। सम्पत्तिको छानबिन गर्नु राम्रो हो, तर त्यो निष्पक्ष र कानूनसम्मत हुनुपर्छ।”


पार्टी मुख्यालयको निरीक्षण

कार्यक्रमपछि अध्यक्ष ओलीले जेनजी आन्दोलनको क्रममा क्षति पुगेको पार्टी मुख्यालयको भौतिक संरचना निरीक्षण गर्नुभएको थियो।

spot_img

ताजा समाचार

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...