ओलीको चेतावनी : “भत्काउने होइन, बनाउने परिवर्तन चाहिएको हो”

Published on

काठमाडौं, कात्तिक १ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आवश्यक पर्ने परिवर्तन सकारात्मक र निर्माणमुखी हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले भौतिक संरचना भत्काउने, आगजनी र तोडफोड जस्ता विध्वंसात्मक गतिविधिबाट देशको विकास सम्भव छैन भन्दै कडा आलोचना गर्नुभयो।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो, “अर्काको घर जलाउने, सरकारी संरचना ध्वस्त पार्ने, सामाजिक सञ्जालमा नकारात्मक भास्य फैलाउनेहरू परिवर्तनका नाममा मुलुकलाई अस्थिरतातर्फ धकेलिरहेका छन्।”

उहाँले हालको अन्तरिम सरकार निर्वाचन केन्द्रित नभएको भन्दै विकास र स्थायित्वका लागि प्रभावकारी नेतृत्व एमालेले मात्रै दिनसक्ने दाबी गर्नुभयो।


संविधान र कानूनको सम्मान जरुरी

अध्यक्ष ओलीले संविधानमा व्यवस्था गरिएको लोकतान्त्रिक प्रणाली सबैले अंगीकार गर्नुपर्ने धारणा राख्नुभयो। शान्तिपूर्ण र निष्पक्ष निर्वाचनबाट एमाले कहिल्यै पछि नहट्ने बताउँदै उहाँले अस्वस्थ, अराजक र गैरकानुनी गतिविधिका आधारमा चुनाव गरिए त्यसले लोकतन्त्रको अपमान हुने बताउनुभयो।


जेनजी आन्दोलनबारे अध्यक्ष ओलीको धारणा

अध्यक्ष ओलीले हालैको जेनजी आन्दोलनका सन्दर्भमा सरकारको तर्फबाट गोली चलाउने निर्देशन नभएको पुनः स्पष्ट पार्नुभयो। घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै, “जेनजी आवरणमा आपराधिक गिरोहले तोडफोड, आगजनी र हिंसा मच्चाएको हो,” उहाँले भन्नुभयो।

उहाँले थप्नुभयो, “व्यक्तिको घर जलाउने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने कार्य जेनजीले गरेको होइन। ती गतिविधिमा संलग्नहरूलाई कानुनी रूपमा छानबिन गरेर कारबाही गर्नुपर्छ।”


निष्पक्षता र जवाफदेहिताको माग

ओलीले सरकारलाई व्यक्तिगत रिसइबीका आधारमा कारबाही नगर्न चेतावनी दिँदै भन्नुभयो, “कसैलाई पक्राउ गर्नुपूर्व ठोस प्रमाण चाहिन्छ। सम्पत्तिको छानबिन गर्नु राम्रो हो, तर त्यो निष्पक्ष र कानूनसम्मत हुनुपर्छ।”


पार्टी मुख्यालयको निरीक्षण

कार्यक्रमपछि अध्यक्ष ओलीले जेनजी आन्दोलनको क्रममा क्षति पुगेको पार्टी मुख्यालयको भौतिक संरचना निरीक्षण गर्नुभएको थियो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...