पोखरा तिहारमा फूलमा आत्मनिर्भर, तीन लाख माला स्थानीय फूलबाट

Published on

काठमाडौं,कात्तिक २ — नेपालीहरूको दोस्रो ठूलो चाड तिहार शनिबार (कात्तिक २ गते) देखि सुरु भएको छ। तिहारको रौनकले पोखरा शहरलाई रंगीन बनाइरहेको छ। यसपालि पोखरामा तिहारका लागि आवश्यक फूलको माग स्थानीय उत्पादनले नै धान्ने भएको छ।

विगतमा तिहारका लागि करिब ८० प्रतिशत फूल बाहिरबाट आयात गर्नुपर्ने स्थिति रहे पनि यस वर्ष पोखरा महानगर क्षेत्र फूलमा धेरै हदसम्म आत्मनिर्भर भएको छ। फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल कास्कीका अध्यक्ष श्रीराम सुवेदीका अनुसार, “यो वर्ष तिहारका लागि आवश्यक पर्ने सयपत्री र मखमली फूल पोखराबाटै आपूर्ति हुनेछ।”

पोखरा महानगरभित्र तीन सयभन्दा बढी कृषक पुष्प खेतीमा संलग्न छन्, र करिब तीन सय रोपनी जमिनमा फूल खेती भइरहेको महानगरको आर्थिक प्रशासन महाशाखाले जनाएको छ। उत्पादन राम्रो भएकोले यसपालि कास्की जिल्लामा चार करोड रुपैयाँ बराबरको फूल कारोबार हुने अनुमान गरिएको छ।

महानगरको सहयोग, प्लास्टिक फूलमा प्रतिबन्ध

पोखरा महानगरपालिकाले फूल उत्पादनमा प्रोत्साहनस्वरूप किसानलाई बिउ, मल्चिङ प्लास्टिक लगायत सामग्रीमा ५० प्रतिशत अनुदान दिएको छ। साथै, प्लास्टिक फूलको प्रयोगमा प्रतिबन्ध लगाएर स्थानीय फूलको उपयोगमा जोड दिइएको छ।

महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार, फूल उत्पादनदेखि बजारीकरणसम्म महानगरले साथ दिएको छ। “फूल बिक्री नभए किसान निराश नहुन् भनेर समर्थन मूल्य समेत तोकिएको छ,” उहाँले बताउनुभयो।

मूल्य निर्धारण र बिक्री व्यवस्था

यस वर्ष फूलको मूल्य थुँगाको तौलका आधारमा निर्धारण गरिएको छ।

  • १५–२० ग्राम: प्रति थुँगा रु. ५
  • १०–१५ ग्राम: रु. ४
  • ५–१० ग्राम: रु. २
    मालाको मूल्य पनि साइज अनुसार फरक राखिएको छ — ठूला मालाको रु. १५०, मध्यमको रु. १३० र सानो मालाको रु. १०० तोकिएको छ। किलोको हिसाबले तीन सयदेखि चार सय रुपैयाँसम्ममा फूल बिक्री गरिनेछ।

२५ भन्दा बढी स्थानमा फूल बिक्री

महानगरले २५ भन्दा बढी स्थानमा फूल बिक्रीको व्यवस्था मिलाएको छ। पोखराको बगर, संगमचोक, नदीपुर, काहुँचौतारी, बैदाम, बेगनास, बिरौटा, हेमजा, बुढीबजार, तालचोक लगायतका स्थानमा स्थानीय किसानले फूलको कारोबार गर्नेछन्। कात्तिक ३ देखि ५ गतेसम्म यी स्थानहरूमा फूलको कारोबार चल्नेछ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...