वीरगञ्जमा झालरबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

Published on

काठमाडौं,कात्तिक २ — दीपावलीका लागि झालरबत्ती (झिलिमिली बत्ती) जडान गर्ने क्रममा करेन्ट लागेर वीरगञ्जमा एक किशोरको ज्यान गएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १, छपकैयाका १७ वर्षीय पीयूष साहको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार साँझ करिब ६ बजे पीयूष आफ्नै घरमा दीपावलीका लागि झालरबत्ती जडान गर्दै थिए। सोही क्रममा अचानक विद्युत प्रवाह हुँदा उनी गम्भीर घाइते भएका थिए।

अचेत अवस्थामा रहेका उनलाई तत्काल नारायणी अस्पताल पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

छपकैया बजार निवासी लालु साह तेलीका छोरा पीयूषको असमय निधनले दीपावलीको उत्सवमय वातावरण शोकमा परिणत भएको छ।

प्रहरीले यस्तो दुःखद घटना पुनः नदोहोरियोस् भन्नका लागि बत्ती जडान गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img

ताजा समाचार

सुरक्षा अधिकारीद्वारा बाँकेका मतदान केन्द्रको स्थलगत अनुगमन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिँदै गर्दा बाँकेका सुरक्षा...

बिहारको बुलन्द नतिजाले मधेशमा थप्यो दबाब : जसपा सचिव साह

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले...

लिम्बू समुदायहरुको पर्व चासोक तङनाम सुरु

काठमाडौं । नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायहरुले चासोक तङ्नाम पर्व...

खुकुरीसहित प्रहरीमाथि आक्रमण प्रयास: खाँदबारीमा गोली प्रहार गरी व्यक्ति नियन्त्रणमा

काठमाडौं । सदरमुकाम खाँदबारीमा एक व्यक्तिले खुकुरी देखाउँदै प्रहरीमाथि हातपात गर्न खोजेपछि प्रहरीले गोली...