वीरगञ्जमा झालरबत्ती जडान गर्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

Published on

काठमाडौं,कात्तिक २ — दीपावलीका लागि झालरबत्ती (झिलिमिली बत्ती) जडान गर्ने क्रममा करेन्ट लागेर वीरगञ्जमा एक किशोरको ज्यान गएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १, छपकैयाका १७ वर्षीय पीयूष साहको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार साँझ करिब ६ बजे पीयूष आफ्नै घरमा दीपावलीका लागि झालरबत्ती जडान गर्दै थिए। सोही क्रममा अचानक विद्युत प्रवाह हुँदा उनी गम्भीर घाइते भएका थिए।

अचेत अवस्थामा रहेका उनलाई तत्काल नारायणी अस्पताल पुर्‍याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

छपकैया बजार निवासी लालु साह तेलीका छोरा पीयूषको असमय निधनले दीपावलीको उत्सवमय वातावरण शोकमा परिणत भएको छ।

प्रहरीले यस्तो दुःखद घटना पुनः नदोहोरियोस् भन्नका लागि बत्ती जडान गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...