धौलागिरी पदमार्गमा हराएका पर्यटक र पथप्रदर्शक २४ घण्टापछि फेला

Published on

काठमाडौं , धौलागिरी चक्रीय पदमार्गमा पदयात्रा गर्ने क्रममा हराएका एक नेपाली पथप्रदर्शक र जर्मन नागरिक २४ घण्टापछि भेटिएका छन्। उनीहरू म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीस्थित धवलागिरी हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने थम्पुस पिक तर्फ जाँदै थिए।

शुक्रबार रातिदेखि सम्पर्कविहीन उनीहरू शनिबार राति मुस्ताङ प्रहरीले घरपझोङ गाउँपालिका–३ स्याङमा फेला पारेको छ। भेटिएका जर्मनीका ३२ वर्षीय दामिनो डेल्फाप्लो र नेपाली पथप्रदर्शक मिमा शेर्पा शनिबार राति ९ बजे घरपझोङ पुगेका थिए।

सेभेन समिट ट्रेकिङमार्फत पदयात्रा गरेका उनीहरू राति बाटोबाट भट्किएर जंगलतर्फ लाग्दा हराएको बुझिएको थियो। खोजीका लागि ट्रेकिङ कम्पनीले हेलिकोप्टरसमेत परिचालन गरेको थियो। भेटिएका दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...