दाङको राजाकोट क्षेत्र पर्यटकीय गन्तव्य बन्दै

Published on

काठमाडौं , दाङीशरण गाउँपालिका–२ अन्तर्गत पर्ने राजाकोट पछिल्लो समय पर्यटकहरूका लागि लोकप्रिय गन्तव्यको रुपमा उदाइरहेको छ। यहाँबाट दाङको विस्तृत भूभागसँगै सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रे लगायतका हिमालहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। साथै, राजाकोटबाट बबई, राप्ती नदी र बाँके जिल्लाका विभिन्न क्षेत्रहरू पनि अवलोकन गर्न मिल्नेछ।

गोल्टाकुरी निवासी प्रकाश डाँगीका अनुसार, “राजाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थल हो र यसलाई पर्यटकीय विकासको केन्द्र बनाउने ठूलो सम्भावना छ।”

स्थानीय चक्रमिलन विश्वकर्मा बताउँछन् कि राजाकोट क्षेत्र ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण छ, जहाँ पूर्वमा दङ्गीशरण राजाले औलो लगाएर बस्ने गरेको विश्वास गरिन्छ। त्यस्तै, उक्त ठाउँमा टेलिकमको पुरानो टावर पनि अवस्थित छ।

गोल्टाकुरीबाट करिब पाँच किलोमिटर पैदल यात्रा गरेर पुगिने राजाकोटले छिमेकी जिल्लाका नागरिकहरूलाई समेत आकर्षित गरेको छ। स्थानीय देवीराम कुसारीले बताएअनुसार, यहाँ नजिकै रहेको तिलकन्या नाका, जुन रुकुम, सल्यान र रोल्पाका मानिसहरूले प्रयोग गर्ने गरेका छन्, यस क्षेत्रलाई थप महत्वपूर्ण पर्यटकीय स्थल बनाउँछ।

शनिबार विभिन्न स्थानका पर्यटकहरूले राजाकोटमा ‘हाइकिङ’ समेत गरेका थिए। दङ्गीशरण गाउँपालिकाका प्रवक्ता रमेश भण्डारीले यस क्षेत्रलाई पर्यटकीय विकासका लागि पहल भइरहेको बताएका छन्।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...