काठमाडौं , नेपालमा आइतबार सुनको मूल्य प्रतितोला चार हजार आठ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको तुलनामा पाँच हजार रुपैयाँले कम हो।
त्यस्तै, चाँदीको मूल्य पनि कम भएको छ। शुक्रबार प्रतितोला तीन हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तीन हजार २७५ रुपैयाँमा झरेको छ, अर्थात् ७५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेकाले नेपाली बजारमा पनि यसको असर देखिएको व्यवसायीहरू बताउँछन्।

