सडक र पुलका रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

Published on

काठमाडौं , सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरी अलपत्र पारिएका थप ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको छ। सडक विभाग अन्तर्गतको विभिन्न सडक डिभिजन कार्यालयहरूले काम रोकिएका रुग्ण ठेक्काहरूलाई तोड्न सार्वजनिक सूचना जारी गरेका छन्।

जनकपुरमा २१, काठमाडौंमा ७, ओखलढुङ्गा र अछाममा ५÷५, पाल्पा र दमौलीमा ४÷४ तथा अन्य जिल्लाहरूमा ५० वटा ठेक्का तोड्ने तयारी भइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले अलपत्र परियोजनाहरूलाई छिटो टुंग्याउन र काम नगर्ने ठेकेदारहरू विरुद्ध कडा कदम चाल्न निर्देशन दिएका थिए। हालसम्म सडक विभागमा २५८ वटा ठेक्का रुग्ण अवस्थामा रहेको छ।

ठेक्का सम्झौताको म्याद थप भएपनि काम

सडक र पुल निर्माणका लागि सम्झौता गरी काम नगरी अलपत्र परेका ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ। सडक विभागका विभिन्न डिभिजन कार्यालयहरूले रुग्ण अवस्थामा रहेका ती ठेक्काहरू तोड्न सार्वजनिक सूचना जारी गरेका हुन्।

जनकपुर डिभिजनमा २१, काठमाडौंमा ७, ओखलढुङ्गा र अछाममा ५÷५, पाल्पा र दमौलीमा ४÷४ र अन्य ठाउँमा समेत गरी कुल ५० ठेक्का तोड्न लागिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले काम नगर्ने र आयोजना अलपत्र पार्ने ठेकेदारहरूमाथि कडा कदम चाल्न निर्देशन दिएका थिए। सडक विभागमा हाल २५८ ठेक्का रुग्ण अवस्थामा छन्।

ठेक्का समयावधि थप भएपनि काम नहुनु र निर्माण व्यवसायीहरूको अनुपस्थितिले ठेक्का उल्लंघन भएको भन्दै १५ दिनभित्र काम सुरु गर्न वा स्पष्टीकरण दिन सार्वजनिक आह्वान गरिएको छ। आवश्यक कार्य नभए ठेक्का तोडेर जमानत जफत गर्ने र बाँकी कामको खर्च ठेकेदारबाट असुल गर्ने प्रक्रिया अघि बढाइने छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...