नेपाल प्रहरी शिक्षालयबाट ३७७ जना सहायक निरीक्षक दीक्षित

Published on

काठमाडौं , कात्तिक २ — नेपाल प्रहरी शिक्षालय भरतपुरमा आयोजित दीक्षान्त समारोहबाट ३७७ जना प्रहरी सहायक निरीक्षक (असई) दीक्षित भएका छन्।

प्रहरी सहायक निरीक्षक आधारभूत तालिम (२–१७९ औँ समूह) को दीक्षान्त समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले उनीहरूलाई दीक्षित गर्नुभएको हो।

समारोहलाई सम्बोधन गर्दै आईजीपी खापुङ्गले दीक्षित प्रहरीहरूलाई सङ्गठनको गरिमा कायम राख्दै कर्तव्यनिष्ठ भएर सेवा गर्न निर्देशन दिनुभयो। “सङ्गठनको गरिमा जोगाउँदै तालिममा सिकेका सीप र ज्ञान प्रयोग गरी इमान्दारिताका साथ कर्तव्य निर्वाह गर्नुपर्छ,” उहाँले भन्नुभयो।

जनतासँग प्रत्यक्ष सरोकार रहने जिम्मेवारीमा इमानदारिता र निष्ठाको विशेष महत्त्व रहने उल्लेख गर्दै उहाँले प्रहरी सेवालाई अवसरका रूपमा लिन र हरेक परिस्थितिमा नागरिकप्रति जवाफदेही हुनुपर्नेमा जोड दिनुभयो।

आईजीपी खापुङ्गका अनुसार हाल नेपाल प्रहरीका २,६६० युनिटमार्फत देशभर सेवा प्रवाह भइरहेकाले प्रत्येक प्रहरीको जिम्मेवारी थप गम्भीर र महत्त्वपूर्ण रहेको छ।

प्रहरी शिक्षालयका अनुसार दीक्षित हुनेमा ५३ जना महिला पनि छन्। उनीहरू २०८१ साल मङ्सिर ७ गतेदेखि तालिममा सहभागी थिए।

समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसी, शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्री, प्रहरी नायब उपरीक्षक अर्जुन केसीलगायतले पनि सम्बोधन गर्नुभएको थियो।

दीक्षित प्रहरीहरूको परिवारजन पनि कार्यक्रममा सहभागी थिए।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...