बारामा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

Published on

काठमाडौं , कात्तिक २ — बारामा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल पथलैयाबाट निजगढतर्फ जाँदै गर्दा जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित डुङ्ग्रे पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो। घटना आज बिहान २ बजे भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। तर चिकित्सकले अस्पतालमा पुग्नेबित्तिकै दुबै जनालाई मृत घोषणा गरेका हुन्।

मृतकहरूमा मोटरसाइकल चालक २० वर्षीय साजन तामाङ (निवासी: जीतपुरसिमरा–१५, नयाँ बस्ती) र पछाडि सवार २२ वर्षीय किरण मोक्तान (निवासी: वडा नं. १४, खयरघारी टोल) रहेको प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार दुवै जनाको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...

नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट

काठमाडौं । नर्वे र पोर्चुगल फिफा विश्वकपमा छनोट भएका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार...