बारामा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु

Published on

काठमाडौं , कात्तिक २ — बारामा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल पथलैयाबाट निजगढतर्फ जाँदै गर्दा जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित डुङ्ग्रे पुलको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो। घटना आज बिहान २ बजे भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो। तर चिकित्सकले अस्पतालमा पुग्नेबित्तिकै दुबै जनालाई मृत घोषणा गरेका हुन्।

मृतकहरूमा मोटरसाइकल चालक २० वर्षीय साजन तामाङ (निवासी: जीतपुरसिमरा–१५, नयाँ बस्ती) र पछाडि सवार २२ वर्षीय किरण मोक्तान (निवासी: वडा नं. १४, खयरघारी टोल) रहेको प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार दुवै जनाको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...