बक्यौता नतिरेपछि ठूला उद्योगहरूको लाइन काट्यो नेपाल विद्युत प्राधिकरण

Published on

काठमाडौं , नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइनमार्फत विद्युत उपभोग गरे पनि निर्धारित प्रिमियम महसुल नतिरेका उद्योगहरूको लाइन काट्न सुरु गरेको छ।

मङ्गलबार बिहान प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजत्रिवेणी स्पिनिङ मिल्सको विद्युत आपूर्ति बन्द गरेको हो।

प्राधिकरणका अनुसार यी उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रङ्क लाइनको प्रयोग गरेबापत तिर्नुपर्ने थप महसुल बाँकी राखेका छन्।

उनीहरूको बक्यौता यसप्रकार छ:

  • जगदम्बा स्टील: १ अर्ब ६० करोड
  • रिलायन्स स्पिनिङ: ७५ करोड ३७ लाख
  • शिवम् सिमेन्ट: ७७ करोड ८८ लाख
  • घोराही सिमेन्ट: ५० करोड ८५ लाख
  • अर्घाखाँची सिमेन्ट: ४४ करोड ८४ लाख
  • त्रिवेणी स्पिनिङ मिल्स: ३२ करोड १० लाख

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, तिहारको सार्वजनिक बिदामा पनि उद्योगहरूले रकम तिर्न सकून् भनेर काउन्टरको व्यवस्था गरिएको छ। उनले भने, “किस्तामा तिर्ने व्यवस्था पनि उपलब्ध छ, पहिलो किस्ता तिरेपछि जुनसुकै समयमा लाइन पुनः जडान गरिनेछ।”

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...