किशोरीमाथि जबरजस्तीको प्रयास, एक जना पक्राउ, एक फरार

Published on

काठमाण्डौ, कात्तिक ४

सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा एक किशोरीमाथि जबरजस्ती करणीको प्रयास भएको घटना सार्वजनिक भएको छ।

सोमबार राति करिब ८ बजे पसलबाट घर फर्किंदै गर्दा दुई युवकले ती नाबालिकामाथि जबरजस्ती गर्ने प्रयास गरेका थिए। प्रतिरोध गर्ने क्रममा किशोरीको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको र तत्कालै राजविराजस्थित एक अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ। हाल उनकी स्वास्थ्य अवस्था सामान्य रहेको छ।

घटनामा संलग्नमध्ये एक २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ भने १९ वर्षीय अर्का युवक फरार रहेका छन्। फरार युवकको खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, किशोरी र उनका अभिभावकसँग थप बुझ्ने कार्य भइरहेकोले यो जबरजस्ती करणीको प्रयास हो कि होइन भन्ने कुरामा हाल पुष्टि भइसकेको छैन।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...