किशोरीमाथि जबरजस्तीको प्रयास, एक जना पक्राउ, एक फरार

Published on

काठमाण्डौ, कात्तिक ४

सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा एक किशोरीमाथि जबरजस्ती करणीको प्रयास भएको घटना सार्वजनिक भएको छ।

सोमबार राति करिब ८ बजे पसलबाट घर फर्किंदै गर्दा दुई युवकले ती नाबालिकामाथि जबरजस्ती गर्ने प्रयास गरेका थिए। प्रतिरोध गर्ने क्रममा किशोरीको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको र तत्कालै राजविराजस्थित एक अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ। हाल उनकी स्वास्थ्य अवस्था सामान्य रहेको छ।

घटनामा संलग्नमध्ये एक २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ भने १९ वर्षीय अर्का युवक फरार रहेका छन्। फरार युवकको खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, किशोरी र उनका अभिभावकसँग थप बुझ्ने कार्य भइरहेकोले यो जबरजस्ती करणीको प्रयास हो कि होइन भन्ने कुरामा हाल पुष्टि भइसकेको छैन।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...