इजरायली द्वन्द्वमा ज्यान गुमाएका विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

Published on

काठमाण्डौ, कात्तिक ४

कञ्चनपुरका विपिन जोशीको मंगलबार महाकाली नदी किनारको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। इजरायलमा “सिक्दै सिकाउँदै” कार्यक्रमअन्तर्गत पुगेका जोशीको हामास र इजरायलबीचको द्वन्द्वमा ज्यान गएको थियो।

शवमा सशस्त्र प्रहरीको सलामी अर्पणसहित चितामा दागबत्ती दिइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो।

श्रद्धाञ्जलीका क्रममा इजरायली राजदूत, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, प्रमुख जिल्ला अधिकारी, कूटनीतिक नियोगका पदाधिकारी, स्थानीय बासिन्दा, परिवारजन, र शुभेच्छुकहरू उपस्थित थिए।

विपिन २०८० असोजमा इजरायल गएका थिए। तर, द्वन्द्वमा परी मृत्यु भएपछि कूटनीतिक पहल कमजोर हुँदा दुई वर्षसम्म जानकारी नपाएको परिवारले जनाएको छ। असोज २७ गते मात्रै परिवारलाई विपिनको मृत्युबारे आधिकारिक सूचना आएको हो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...