६० वर्षीया महिला लागुऔषधसहित रौतहटमा पक्राउ

Published on

काठमाडौं, कात्तिक ४
रौतहटमा ठूलो परिमाणमा लागुऔषधसहित एक वृद्ध महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ फुलचौरकी ६० वर्षीया दिलमाया विक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रहरीका अनुसार सोमबार अपराह्न करिब ४ बजे गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना ५ ख ५०६३ नम्बरको यात्रुबाहक बसलाई यमुनामाई गाउँपालिका–५ स्थित बमनहरमा चेकजाँच गर्ने क्रममा विकलाई शंका लागि खोजतलास गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको हो।

प्रहरीले विकको साथबाट फेनागन ४९८ थान, डाइजोपाम ४९१ थान, नूफिन ४०० थान र बुप्रेनोर्फिन १०० थान फेला पारेको जनाएको छ। कुल १,४८९ थान लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले जानकारी दिए।

विकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...