पाल्पामा वृद्ध महिलाको कुटपिटबाट हत्या, श्रीमान् गम्भीर घाइते

Published on

काठमाडौं, कात्तिक ४
पाल्पाको माथागढी गाउँपालिका–४, देउगीरमा एक वृद्ध महिलाको कुटपिटबाट हत्या भएको छ। ६७ वर्षीया फूलमाया जिसीको गएराति कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय ३७ वर्षीय मिनबहादुर विश्वकर्माले राति करिब १२ बजेतिर जिसी दम्पतीमाथि कुटपिट गरेका थिए। घटनास्थलमै फूलमायाको ज्यान गएको सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए।

कुटपिटबाट फूलमायाका ८२ वर्षीय श्रीमान् प्रेमबहादुर जिसी गम्भीर घाइते भएका छन्। प्रारम्भिक उपचारपछि उनलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेजबाट थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको छ।

घटनापछि भागेर आफ्नै घरमा लुकेका आरोपी विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...