काठमाडौं, कात्तिक ४
इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ। इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को परीक्षणले विपिनको मृत्यु गोली लागेर भएको निष्कर्ष निकालेको हो।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी भएर इजरायल पुगेका विपिन त्यहाँ पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो।
इजरायल र हमासबीच भएको युद्धबिरामपछि विपिनको मृत्यु भएको पुष्टि भएको छ।
आज विपिनको शव महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदैछ। भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भइसकेको छ।

