इजरायली फरेन्सिक रिपोर्टमा विपिन जोशीको मृत्यु गोली लागेर भएको पुष्टि

Published on

काठमाडौं, कात्तिक ४

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिन जोशीको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि भएको छ। इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को परीक्षणले विपिनको मृत्यु गोली लागेर भएको निष्कर्ष निकालेको हो।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी भएर इजरायल पुगेका विपिन त्यहाँ पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो।

इजरायल र हमासबीच भएको युद्धबिरामपछि विपिनको मृत्यु भएको पुष्टि भएको छ।

आज विपिनको शव महाकाली नदी किनारमा अन्त्येष्टि गरिँदैछ। भीमदत्त नगरपालिकाबाट शवयात्रा सुरु भइसकेको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...