प्रधानमन्त्री कार्की सात दलसँग निर्वाचनबारे छलफल गर्न लागिन्

Published on

काठमाडौं, कात्तिक ४

प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलसँग आगामी फागुन २१ गते हुने निर्वाचनबारे छलफल गर्न मङ्गलबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे प्रधानमन्त्री कार्कीले सात दलका प्रतिनिधिसँग सम्वाद गर्न लाग्नुभएको हो, प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो।

छलफलका लागि तत्कालीन संसदमा मान्यता प्राप्त ती सात दलबाट दुई–दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन अनुरोध गरिएको छ।

नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल पार्टीका प्रतिनिधिहरूलाई छलफलमा सहभागी गराउने तयारी गरिएको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...