म्याग्दीकी ९५ वर्षीया स्यानीमाया खत्री सात दिनदेखि बेपत्ता

Published on

काठमाडौं, कात्तिक ४

म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्ककी ९५ वर्षीया स्यानीमाया खत्री सात दिनदेखि बेपत्ता भएकी छन्। असोज २९ गते दिउँसो करिब ३ बजेदेखि घरबाट हराएकी खत्रीको अहिलेसम्म कुनै अत्तोपत्तो लागेको छैन।

स्थानीयवासी, आफन्त र सुरक्षाकर्मीले खोजी गर्दा पनि अवस्था थाहा नपाएपछि गम्भीर रूपमा खोजी कार्य अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीले गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली मगाएर खोजी कार्यलाई तीव्रता दिएको थियो।

प्रहरी निरीक्षक सागर पौडेलका अनुसार कुकुरसहितको विज्ञ टोलीले सम्भावित क्षेत्रहरूमा व्यापक खोजी गरे पनि अहिलेसम्म खत्रीको अवस्थाबारे केही पत्ता लागेको छैन। उहाँले भन्नुभयो, “बृद्धाको अवस्था बारे कुनै संकेत नपाइँदा खोजीमा थप चुनौती देखिएको छ।”

हिँडडुल गर्न सक्ने अवस्था नरहेकी बृद्धा खत्रीको खोजीमा सहयोग गर्न प्रहरीले स्थानीय बासिन्दा र सम्पूर्ण समुदायलाई आग्रह गरेको छ।

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...