गुल्मीमा विपन्न दलित परिवारलाई सामाजिक सहयोगमा घर हस्तान्तरण

Published on

काठमाडौं, कात्तिक ४

गुल्मीको मुसिकोट नगरपालिका–५, आँपचौर हात्तिगौँडाका विपन्न दलित शिवलाल विक (झिल्के दाइ) लाई सामाजिक सहयोगमा निर्माण गरिएको घर हस्तान्तरण गरिएको छ।

स्थानीय युवाहरूको पहलमा सञ्चालन गरिएको “झिल्के दाइको घर निर्माण” अभियान अन्तर्गत करिब चार लाख रुपैयाँको लागतमा निर्मित उक्त घर शुक्रबार हस्तान्तरण गरिएको हो। घर निर्माणका लागि मुसिकोट नगरपालिकाले जस्तापाताको खर्च प्रदान गरेको थियो भने बाँकी लागत स्वदेश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरूको सहयोगमा जुटाइएको थियो।

घर नहुँदा छिमेकीको शरणमा बस्दै आएका ६ सदस्यीय विक परिवार नयाँ घर पाएपछि खुसी व्यक्त गरेका छन्। सामाजिक अभियन्ताहरूको सहकार्यमा विकको परिवारको लागि आँपचौरको देउरालीमा उक्त घर निर्माण गरिएको हो।

आर्थिक सहयोग गर्ने व्यक्तिहरूमा बिमल खरेल, सुमन खरेल, रामु खरेल, जीवन खरेल, अर्जुन खरेल, राजु अर्याल, खगेश्वर अर्याल, लिलामणी खरेल, विजय खरेल र सविन घिमिरेलगायतको सक्रियता उल्लेखनीय रहेको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...