प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका घाइतेबीच ४ घण्टा लामो छलफल, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न माग

Published on

काठमाडौं, कात्तिक ४ गते।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका प्रतिनिधिहरूसँग बालुवाटारमा आज चार घण्टा लामो छलफल गर्नुभयो। बिहान १०:३० बजे सुरु भएको छलफल दिउँसोसम्म जारी रह्यो।

घाइतेहरूको १८ सदस्यीय टोलीको नेतृत्व गर्दै रुपिन खड्काले सरकारलाई भ्रष्टाचार र आन्दोलनमाथिको दमनका विरुद्ध कडा कदम चाल्न आग्रह गर्नुभयो। उहाँहरूले दोषीहरूलाई यथाशीघ्र कारबाही नगरे आन्दोलनको अर्को चरण सुरु गर्ने चेतावनी पनि दिनुभयो।

खड्काले भन्नुभयो, “जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई कारबाही गर्न किन ढिला भइरहेको छ? नियमले हो कि संविधानले? जहाँ अवरोध छ, त्यहीँबाट समाधान सुरु गरौँ।”

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनको छानबिनबारे हालसम्मको प्रगति प्रस्तुत गर्नुभयो। उहाँका अनुसार केही आरोपितहरू भाग्न खोजेपनि अहिले ‘नेपालमै छु’ भन्दै देखापर्न थालेका छन्, जुन छानबिनको प्रभाव हो।

घाइतेहरूले कतिपय व्यक्तिहरू अकुत सम्पत्ति लुकाउन तल्लीन रहेको भन्दै चिन्ता पनि व्यक्त गरे।

छलफलमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदीश खरेलको उपस्थिति थियो।

प्रधानमन्त्री कार्कीले सरकार कानुनी प्रक्रिया र म्यान्डेट अनुसार अघि बढिरहेको उल्लेख गर्दै भन्नुभयो, “हामी जेनजी आन्दोलनको मर्मबाट अलग छैनौं। चुनाव पनि हुन्छ, भ्रष्टाचारविरुद्ध अनुसन्धान पनि अघि बढ्छ। राज्यका निकायहरूले तीव्र गतिमा छानबिन गरिरहेका छन्।”

उहाँले जेनजी नेतृत्वलाई नआत्तिन आग्रह गर्दै थप भन्नुभयो, “तपाईंहरू बोल्न नछाड्नुहोस्, दबाब दिन पनि नछाड्नुहोस्। अब नतिजा देखिन थाल्छ।”

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...