बाँकेका पाँच स्थानमा जारी निषेधाज्ञा १५ दिनपछि हटाइयो

Published on

काठमाडौं, कात्तिक ५

दशैँको समयमा दुर्गा देवीको मूर्ति विसर्जनका क्रममा उत्पन्न तनावपछि बाँकेको पाँच स्थानमा जारी गरिएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालयले १५ दिनपछि हटाएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै असोज १८ गते साँझ ७ बजेबाट लागू गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो। सोही सूचनामा असोज २८ गते फेरि जारी गरिएको निषेधाज्ञा पनि रद्द गरिएको उल्लेख गरिएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा हस्ताक्षरित सूचनामा हाल जिल्लाको शान्ति सुरक्षा अवस्था सामान्य बन्दै गएको जनाउँदै हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व दीपावली (तिहार) उल्लासपूर्वक मनाउन सहज वातावरण बनाउने उद्देश्यले निषेधाज्ञा हटाइएको उल्लेख छ।

यसअघि, मूर्ति विसर्जनको जुलुसका क्रममा दुई समुदायबीच भएको विवादले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले डुडुवा गाउँपालिका–६, नेपालगन्ज उपमहानगरपालिका–१४, १५ अन्तर्गतको सुइया पिप्रहवा, वडा २३ अन्तर्गतको भजिपुरवा, जंगलिपुरवा, लोहरनपुरवा, तथा नरैनापुर गाउँपालिका–५ मा निषेधाज्ञा लागू गरेको थियो। ती क्षेत्रमा तोडफोड, कुटपिट र आगजनीजस्ता घटनाहरू भएको जनाइएको थियो।

निषेधाज्ञा हटाइएपछि दीपावली र तिहार शान्तिपूर्वक मनाउने वातावरण बनेको भन्दै नरैनापुर–५ मटैयाका स्थानीय बिनय दीक्षितले खुसी व्यक्त गर्नुभयो। उहाँले सबै समुदायलाई चाडपर्व शान्ति, सद्भाव र मेलमिलापका साथ मनाउन आह्वान गर्नुभयो।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...