निर्वाचनमा केन्द्रित हुन सबै पक्षलाई प्रचण्डको आग्रह

Published on

काठमाडौं, कात्तिक ५

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण सुनिश्चित गर्न गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ।

बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै, अध्यक्ष प्रचण्डले निर्वाचनको घोषणा भइसकेपछि अब सबै पक्ष चुनाव केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

“सरकारले निर्वाचनको घोषणा गरेपछि त्यसलाई स्वागत गर्दै केन्द्रीय समितिबाट अपिल जारी गर्ने पहिलो पार्टी हाम्रै हो,” उहाँले भन्नुभयो।

अध्यक्ष प्रचण्डले आगामी छठ पर्वपछि वामपन्थी एकता र ध्रुवीकरणको प्रक्रिया नयाँ स्वरूपमा देखिने विश्वास पनि व्यक्त गर्नुभयो। “मधेश प्रदेशमा जेनजी कार्यक्रम गर्ने पार्टी पनि हामी नै हौं,” उहाँले भन्नुभयो, “समाजवादी मोर्चामा रहेका दलहरूसँग पनि एकता प्रक्रिया अघि बढिरहेको छ, जसको प्रगति छठपछि स्पष्ट हुनेछ।”

प्रचण्डले महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुन आउँदा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग प्रतिक्रिया दिएका हुन्।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...