कागतीखेतीबाट वार्षिक तीन लाख आम्दानी गर्दै किसान घिमिरे

Published on

काठमाडौं, कात्तिक ५

पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय किसान नवराज घिमिरेले व्यावसायिक कागतीखेतीबाट वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ।

करिब १० रोपनी जमिनमा ३५० बोट कागती रोपेका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको खेती पनि विस्तार गर्नुभएको छ। उहाँले भन्नुभयो, “छ वर्षअघि फलफूलखेती सुरु गरेको हुँ, बहुवर्षीय बाली भएकाले दीर्घकालीन आम्दानीको स्रोत बनेको छ।”

साना बिरुवा हुर्किएपछि आम्दानी अझै बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ। बहुवर्षीय खेती प्रणालीबाट दीगो आम्दानी सम्भव हुने विश्वासमा घिमिरे अहिले आफ्नो खेतीलाई थप व्यवस्थित बनाउँदै जानुभएको छ।

गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार, क्षेत्रको माटो र हावापानी फलफूलखेतीका लागि उपयुक्त भएकाले धेरै किसान बहुवर्षीय बालीतर्फ आकर्षित भएका छन्। “हामीले ‘एक घर, एक फलफूल’ कार्यक्रमअन्तर्गत फलफूलखेतीमा लगानी गर्दै आएका छौँ,” उहाँले भन्नुभयो।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले वडागत रूपमा उत्पादन सम्भावना पहिचान गरी किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको बताउनुभयो। “बहुवर्षीय खेती प्रणालीलाई प्राथमिकता दिँदै विभिन्न जातका फलफूलमा प्रोत्साहन दिइरहेका छौँ,” उहाँले भनिन्।

spot_img

ताजा समाचार

तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिनुभएकै भोलिपल्ट...

तीस दिनभित्रै मुख्य खाद्यान्न बालीको मूल्य निर्धारण गरिने

काठमाडौं । सरकारले ३० दिनभित्र प्रमुख खाद्यान्न बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु...

मकवानपुरमा २१८ जनामा डेङ्गु सङ्क्रमण

काठमाडौं । मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको साउन १ गतेदेखि चैत १५ गतेसम्म २१८...

लेबननमा शान्ति सैनिकको मृत्यु, संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा

काठमाडौं । लेबननमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति बलले सोमबार एक शान्ति सैनिकको मृत्यु भएको...