कागतीखेतीबाट वार्षिक तीन लाख आम्दानी गर्दै किसान घिमिरे

Published on

काठमाडौं, कात्तिक ५

पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय किसान नवराज घिमिरेले व्यावसायिक कागतीखेतीबाट वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ।

करिब १० रोपनी जमिनमा ३५० बोट कागती रोपेका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको खेती पनि विस्तार गर्नुभएको छ। उहाँले भन्नुभयो, “छ वर्षअघि फलफूलखेती सुरु गरेको हुँ, बहुवर्षीय बाली भएकाले दीर्घकालीन आम्दानीको स्रोत बनेको छ।”

साना बिरुवा हुर्किएपछि आम्दानी अझै बढ्ने अपेक्षा गरिएको उहाँको भनाइ छ। बहुवर्षीय खेती प्रणालीबाट दीगो आम्दानी सम्भव हुने विश्वासमा घिमिरे अहिले आफ्नो खेतीलाई थप व्यवस्थित बनाउँदै जानुभएको छ।

गाउँपालिकाका अध्यक्ष किरण राईका अनुसार, क्षेत्रको माटो र हावापानी फलफूलखेतीका लागि उपयुक्त भएकाले धेरै किसान बहुवर्षीय बालीतर्फ आकर्षित भएका छन्। “हामीले ‘एक घर, एक फलफूल’ कार्यक्रमअन्तर्गत फलफूलखेतीमा लगानी गर्दै आएका छौँ,” उहाँले भन्नुभयो।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले वडागत रूपमा उत्पादन सम्भावना पहिचान गरी किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको बताउनुभयो। “बहुवर्षीय खेती प्रणालीलाई प्राथमिकता दिँदै विभिन्न जातका फलफूलमा प्रोत्साहन दिइरहेका छौँ,” उहाँले भनिन्।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...