म्याग्दीमा अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा सुरु

Published on

काठमाडौं, कात्तिक ५

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा आजदेखि अपाङ्गता मैत्री पदयात्रा सुरु भएको छ। यस पदयात्रामा विभिन्न ६ प्रकारका अपाङ्गता भएका आठ जना पर्यटक सहभागी भएका छन्। पदयात्रीहरुलाई बुधबार बिहान अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्री, होटल व्यवसायी केबी भण्डारी लगायतले बेनीको कालिपुलबाट विदाई गरेका थिए।

अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले अपाङ्गता भएका व्यक्तिहरुले पनि साहसिक र चुनौतीपूर्ण पदयात्रा गर्न सक्ने सन्देश विश्वभर प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो। यो पदयात्रा नारच्याङको हुमखोला देखि सुरु भएर मौरिस हर्जोग पदमार्ग हुँदै २२ किलोमिटरको यात्रा तय गर्दै चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल र चार हजार एक सय ९० मिटर उचाइमा रहेको आधार शिविरसम्म पुग्ने कार्यक्रम रहेको छ।

अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालका सचिव विशाल विकका अनुसार, पदयात्रामा दुई जना दृष्टिविहीन र अन्य शारीरिक अपाङ्गता भएका पर्यटकहरु सहभागी भएका छन्। उहाँले अपाङ्गता मैत्री पदयात्राले समावेशी पर्यटन प्रवर्धन र अपाङ्गता मैत्री पदमार्ग निर्माणमा सरोकारवालाको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गर्नुभयो।

दृष्टिविहीन भिमबहादुर गुरुङले आफु आधार शिविर पुग्ने अठोट र साहसका साथ पदयात्रामा निस्किएको बताउनुभयो। नारच्याङको बेंसी गाउँदेखि दुई घण्टा सवारी साधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ र दुई दिनभित्र आधार शिविर पुग्न सकिन्छ।

पदयात्रामा झरना, मनमोहक हिमश्रृङ्खला, पहाड, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण गाउँपालिकाले होटल तथा रेस्टुरेन्ट, आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी लगायतका सुविधा निर्माण र पदमार्ग मर्मतसम्भार गरेर पदयात्रीका लागि सहज बनाएको छ।

फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले यो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...