म्याग्दीमा अपाङ्गता मैत्री अन्नपूर्ण पदयात्रा सुरु

Published on

काठमाडौं, कात्तिक ५

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने मौरिस हर्जोग पदमार्गमा आजदेखि अपाङ्गता मैत्री पदयात्रा सुरु भएको छ। यस पदयात्रामा विभिन्न ६ प्रकारका अपाङ्गता भएका आठ जना पर्यटक सहभागी भएका छन्। पदयात्रीहरुलाई बुधबार बिहान अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्री, होटल व्यवसायी केबी भण्डारी लगायतले बेनीको कालिपुलबाट विदाई गरेका थिए।

अपाङ्ग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले अपाङ्गता भएका व्यक्तिहरुले पनि साहसिक र चुनौतीपूर्ण पदयात्रा गर्न सक्ने सन्देश विश्वभर प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो। यो पदयात्रा नारच्याङको हुमखोला देखि सुरु भएर मौरिस हर्जोग पदमार्ग हुँदै २२ किलोमिटरको यात्रा तय गर्दै चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल र चार हजार एक सय ९० मिटर उचाइमा रहेको आधार शिविरसम्म पुग्ने कार्यक्रम रहेको छ।

अन्नपूर्ण गाउँपालिका अपाङ्गता सञ्जालका सचिव विशाल विकका अनुसार, पदयात्रामा दुई जना दृष्टिविहीन र अन्य शारीरिक अपाङ्गता भएका पर्यटकहरु सहभागी भएका छन्। उहाँले अपाङ्गता मैत्री पदयात्राले समावेशी पर्यटन प्रवर्धन र अपाङ्गता मैत्री पदमार्ग निर्माणमा सरोकारवालाको ध्यानाकर्षण गराउने विश्वास व्यक्त गर्नुभयो।

दृष्टिविहीन भिमबहादुर गुरुङले आफु आधार शिविर पुग्ने अठोट र साहसका साथ पदयात्रामा निस्किएको बताउनुभयो। नारच्याङको बेंसी गाउँदेखि दुई घण्टा सवारी साधनको यात्रापछि पुगिने हुमखोलाबाट मौरिस हर्जोग पदमार्ग सुरु हुन्छ र दुई दिनभित्र आधार शिविर पुग्न सकिन्छ।

पदयात्रामा झरना, मनमोहक हिमश्रृङ्खला, पहाड, दुर्लभ वनस्पति र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण गाउँपालिकाले होटल तथा रेस्टुरेन्ट, आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी लगायतका सुविधा निर्माण र पदमार्ग मर्मतसम्भार गरेर पदयात्रीका लागि सहज बनाएको छ।

फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले यो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ।

spot_img

ताजा समाचार

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह...

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

काठमाडौं । सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण...

प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टिनी राज्य स्थापना गर्ने कुनै पनि प्रयासप्रति कडा...

शेख हसिनाविरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा

काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको अपेक्षित फैसलाअघि...