मोटरसाइकल दुर्घटनामा दुई घाइते, एकको अवस्था गम्भीर

Published on

काठमाडौँ, कात्तिक ५

ताप्लेजुङको फुङलिङ नगरपालिका–८ स्थित बाहन्नदे नजिकको बानियाँ खोल्सीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

बुधबार बिहान ११ बजे फिदिमबाट ताप्लेजुङको पाथिभरा मन्दिरतर्फ आउँदै गरेको प्र.१–०१–०१४ प ९५१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दिल तुम्रोकमुक्साम लिम्बू घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो।

उहाँका अनुसार मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा तुम्रोक गम्भीर घाइते हुनु भएको छ भने लिम्बूलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

हाल दुवै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...