काठमाडौँ, कात्तिक ५
मकवानपुर प्रहरीले हेटौँडामा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–४ थाहा चोकस्थित पदम खाजा घर पछाडि रहेको टहरामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय पदमबहादुर भोलन, ३४ वर्षीय समीर योन्जन, ४० वर्षीय हिरा लामा तितुङ, ३० वर्षीय मिलन तामाङ र ४५ वर्षीय रोमप्रसाद चौलागाई रहेका छन्।
उनीहरूबाट नगद ४७ हजार ७९० रुपियाँ, १६ वटा कौडा, र ६ बुक तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो।
प्रहरीले जुवा सम्बन्धी कसुरमा उनीहरूविरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको छ।

