पाल्पाको बैकुण्ठे भीरमा जिप दुर्घटना : १२ जना घाइते

Published on

काठमाडौँ । पाल्पा जिल्लाको तानसेन नगरपालिका–१३ स्थित बैकुण्ठे भीरमा बुधबार जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। बुटवलबाट बागलुङको बुर्तिबाङका लागि छुटेको जिप रानीमहल सडक खण्डमा दुर्घटना भएको हो। चालकसहित १४ जना सवार जिपका १२ जना घाइते भएका हुन् भने दुई जना सकुशल छन्।

घाइतेमध्ये बागलुङको बडिगाड गाउँपालिका–७ की २९ वर्षीया कल्पना विक र नवलपरासी बर्दघाट नगरपालिका–१० की ४६ वर्षीया चन्द्रकुमारी रोकाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभयो। उनीहरूको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।

अन्य घाइतेमा बडिगाड गाउँपालिका–७ का ३९ वर्षीय सवारी चालक चितमान गुरुङ, ४४ वर्षीय केशव गुरुङ, १८ वर्षीया सपना गुरुङ, ११ वर्षीय शिशिर विक, निसीखोला गाउँपालिका–१ का ७ वर्षीया सृष्टि विक र ४७ वर्षीय दिलबहादुर थापा रहेका छन्।

यस्तै पाल्पाको बगनाशकाली गाउँपालिका–८ का ३३ वर्षीय टिका न्यौपाने र १० वर्षीय रिदम न्यौपाने, नवलपरासी बर्दघाट–१० की २२ वर्षीया आशा कुमारी रोका र रुपन्देहीको सैनामैना नगरपालिका–३ की २७ वर्षीया हुमा छन्त्याल घाइते भएका छन्। सबैको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

शान्तिसुरक्षा कायम गरेर मात्र निर्वाचन : पूर्व सञ्चारमन्त्री गुरुङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधि...

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरू गरेपछि नयाँ मतदाताको...

एक वर्षपछि खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

काठमाडौं । उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक एक वर्षपछि खुलेको...

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

काठमाडौं । संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा शान्ति योजनालाई...