सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना, तीन जनाको मृत्यु

Published on

काठमाडौं । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–६ मा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ र छ जना घाइते भएका छन्।

महाकुलुङ गाउँपालिकाबाट माप्य दूधकोशी गाउँपालिकातर्फ आइरहेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप बिहीबार साँझ दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप ब्रेक फेल भएर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।

मृतकहरूमा महाकुलुङ गाउँपालिका–३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राई, महाकुलुङ–४ का १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई, सजना राई र १० वर्षीय उमेश राई रहेका छन्।

जिपमा सवार ११ जनामध्ये दुई जना सकुशल रहेका प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने मृतकहरूको शव पोष्टमार्टमका लागि महाकुलुङ अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...