तिहारमा फूल बिक्रीबाट यान्चोकका महिलाले कमाए सात लाख

Published on

काठमाडौं । तिहार सकिँदा तनहुँको आँबुखैरेनी गाउँपालिका–१, यान्चोकका महिलाको अनुहारमा प्रसन्नता झल्किएको छ । उनीहरूले यस वर्षको तिहारमा सयपत्री फूल बेचेर करिब सात लाख रुपियाँ आम्दानी गरेका छन् ।

गाउँका ४५ जना महिलाले संयुक्त रूपमा गरेको फूलखेतीले अहिले गाउँकै आर्थिक स्वरूप परिवर्तन गर्न थालेको छ । तिहारका लागि तयार पारिएका सयपत्री फूलका माला दमौली, आँबुखैरेनी, डुम्रे लगायतका बजारमा मात्र होइन, पोखरा र काठमाडौँसम्म पुगेर बिक्री भएका छन् ।

“यस वर्ष अधिकांश फूल बारिमै आएर व्यापारीहरूले खरिद गरेर लगेका हुन्,” यान्चोक आमा समूहकी सदस्य सावित्रा थापाले बताउनुभयो । उहाँका अनुसार फूल नपुग्ने डरले व्यापारीहरू अग्रिमै गाउँमै आइपुगेका थिए ।

गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालका अनुसार गाउँपालिकाले फूलखेतीलाई आत्मनिर्भर व्यवसायका रूपमा विस्तार गर्न प्रोत्साहन गरिरहेको छ । अर्यालले भन्नुभयो, “महिला किसानको उत्पादन बजारसम्म पु¥याउने र आत्मनिर्भर बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको छ । यसले महिला सशक्तिकरणसँगै स्थानीय उत्पादन प्रवर्धनमा पनि ठुलो योगदान दिएको छ ।”

कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार यान्चोकका महिलाले तीन वर्षदेखि सयपत्री फूलखेती गर्दै आएका छन् । “आगामी वर्षदेखि यसलाई देश–विदेशमा निर्यात गर्ने तयारी भइरहेको छ,” उहाँले भन्नुभयो । आमा समूहकी अध्यक्ष सुनिता थापाका अनुसार, यो वर्ष मूल्य राम्रो पाएकोले महिलामा थप हौसला आएको छ । गत वर्ष प्रतिकिलो फूलको मूल्य तीन सय रुपियाँ भए पनि यस वर्ष ३७५ रुपियाँ पुगेको छ ।

त्यस्तै, मखमली र सयपत्रीका माला पनि गत वर्षको तुलनामा २५ रुपियाँसम्म बढी मूल्यमा बिक्री भएका छन् । फूल टिप्न, माला उन्न र बजार पठाउन महिलाहरूलाई भ्याइनभ्याइ भएको थियो । समुहकी सदस्य सिता थापाले भन्नुभयो, “हाम्रो परिश्रमको राम्रो मूल्य पाएका छौं, यसले अर्को वर्ष फूलखेती अझ बढाउने हौसला दिएको छ ।”

यसैगरी, कात्तिक ८ देखि १५ गतेसम्म आँबुखैरेनी बजारमा छिम्केश्वरी र बुढीमाई मन्दिरको संरक्षण र विकासका लागि हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका लागि एक हजार माला बुकिङ गरिसकेकाले फूल टिप्न र माला बनाउने भ्याइनभ्याई भएको समूहले जनाएको छ । महायज्ञमा वाचन प्रविण पण्डित दीनबन्धु पोख्रेलले कथा वाचन गर्ने कार्यक्रम छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...