सोलुखुम्बुमा बोलेरो जिप दुर्घटना : तीन जनाको मृत्यु, छ जना घाइते

Published on

काठमाडौं । माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप बिहीबार साँझ माप्य दूधकोशी गाउँपालिका–६ को भीरमा खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिप ब्रेक फेल भएर सडकबाट करिब ६ सय मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।

मृत्यु हुनेमा महाकुलुङ गाउँपालिका–३ छेस्कामका १६ वर्षीय हवी राई, २० वर्षीय शान्ति राई र १७ वर्षीय निर्जला राई रहेका छन्।

त्यस्तै, घाइते हुनेमा महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राई, महाकुलुङ–४ का १६ वर्षीय गङ्गा राई, १८ वर्षीय बस्तीकला राई, १६ वर्षीय समया राई, सजना राई र १० वर्षीय उमेश राई रहेका छन्।

जिपमा ११ जना सवारमध्ये दुई जना सकुशल रहेका प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ भने मृतकहरूको शव पोष्टमार्टमका लागि महाकुलुङ अस्पताल पठाइएको छ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...